उन्नत गोरेटो

प्रकाशित ५ डिसेम्बर २०१७ पढ्न लाग्ने समय 2 मिनेट
उन्नत गोरेटो
© Foto: सजना श्रेष्ठ

२०७२ साल बैशाख १२ गते नेपालमा ७.८ रेक्टरको महाबिनाशकारी भूकम्प गयो र त्यसपछि पनि नेपालले लामो समयसम्म पराकम्पन तथा पहिरोको सामना गर्नुपर्योे । यस विनाशकारी भूकम्पबाट ८५०० भन्दा बढि मानिसले ज्यान गुमाएका थिए भने ५ लाख भन्दा बढि घरहरु ध्वस्त भएका थिए । भूकम्पपश्चात बेलायती संस्था युके एडको सहयोगमा पिपुल इन नीड (पिन) ले “उन्नत गोरेटो” परियोजना सुरु गर्यो । यस परियोजनाले विकट हिमाली क्षेत्रमा १२५ कि.मि भन्दा बढि गोरेटो बाटो निर्माण गरेको थियो । यसका साथै त्यहिका स्थानीय समुदायका २००० भन्दा बढि व्यक्तिलाई रोजगारी पनि प्रदान गरेको थियो । 

“यस उन्नत गोरेटो परियोजनामा मैले ५० दिन काम गरेर ५०,००० रुपैया कमाए । त्यो रकम लमजुङ्ग जिल्लामा बसेका मेरो छोराछोरीको पढाई खर्चमा प्रयोग गरेँ”, चिनमाया गुरुङ्ग भन्नुहुन्छ । “हामी सबै जना धेरै खुसी छौँ किनभने हामीले पुरुष सरह नै ज्याला पायौँ । यो भन्दा अगाडी महिला र पुरुषले समान ज्याला पाएका थिएनौँ ।”, उहाँ थप्नुहुन्छ  ।


बिनोद कुमार कार्की भन्नुहुन्छ, “यस परियोजनामा काम गरेर मैले ५०,००० रुपैया प्राप्त गरेँ । त्यस रकमले घर निर्माणमा आवश्यक पर्ने सामग्रीहरु सिमेन्ट, बालुवा तथा रड किने ।” 

"त्यस्तै फुलमाया घले भन्नुहुन्छ, “यस परियोजनामा काम गरेर मैले ५०,००० रुपैया कमाएँ । त्यसबाट ३०,००० रुपैया मैले मेरो ऋण तिरे र बाकीँ रहेको रकमले कस्मेटिक पसल सुरु गरे । यस परियोजनामा काम गर्न पाएकोमा म धेरै नै खुसी छु । आफ्नो मेहनत अनुसार धेरै पैसा पाइयो भने धेरै खुसी लाग्छ।


“मैले २७ दिन र पछि २० दिन काम गरेर ६५,००० रुपैया प्राप्त गरे । त्यो पैसाले मैले आफ्नो घर निर्माण गर्न शुरु गरे र मेरा बच्चाहरुको शिक्षामा लगानी गरें”, अप्सरा कार्की भन्नुहुन्छ। “जुन व्यक्तिलाई सबैभन्दा बढी आवश्यकता छ उनीहरुले काम गर्ने मौका पाए । हामीले रोजगार पायौ, हाम्रा बच्चाहरुले अध्ययन गर्न पायौ र हामीले खानेकुराहरु किन्न तथा घरहरु बनाउन सक्यौ । मेरो विचारमा यो एकदमै राम्रो कुरा हो” , उहाँ थप्नुहुन्छ। 



त्यस्तै चिरमाया गुरुङ्ग आफूले यस कामबाट करीब ८५,००० रुपैयाजति कमाएको र उक्त रकम घर निर्माण गर्न चाहिने ढुङगा बोक्ने मजदुरहरुलाई ज्याला तिर्न प्रयोग गरेको बताउनुहुन्छ। 

चन्द् बहादुर गुरुङ्ग भन्नुहुन्छ, "मैले अनुमानित ६५,००० रुपैया कमाएको छु । भविष्यमा हामी बिरामी पर्न सक्छौँ त्यसैले पछिको आवश्यकताका लागि बचत गरेर राखेको छु ।" 


यस परियोजनाद्धारा स्थानीय समुदायहरुमा रोजगारी मार्फत १,५०,००,००० रुपैया भन्दा बढी वितरण गरिएको छ । यस परियोजनाले स्थानीय बासिन्दाहरुलाई अस्थायी रोजगारी प्रदान गर्न, उनीहरुको स्थानीय अर्थव्यवस्थालाई पुनर्जीवित गर्न र सम्पुर्ण क्षेत्रमा उनीहरुको पहुँचलाई सुधार गर्नका लागि सहयोग गरेको छ। 


Autor: सजना श्रेष्ठ , संचार अधिकृत पिपुल इन नीड

सम्बन्धित लेखहरू