सुरक्षित विद्यालय र सुरक्षित समुदायका लागि नृत्य र गीत मार्फत पैरवी गर्दै किशोरीहरु

प्रकाशित ३ जनवरी २०१८ पढ्न लाग्ने समय 5 मिनेट
सुरक्षित विद्यालय र सुरक्षित समुदायका लागि नृत्य र गीत मार्फत पैरवी गर्दै किशोरीहरु
© Foto: हाम्रो पालो

सुन्तला रंगको रिबन हातको नाडीमा बाँधेका, हर टर्न बालिका र हिज चान्स बालकहरु गोरखा बजारको बस पार्कमा बिस्तारै आफ्नो हात हल्लाउदै नृत्य गर्न थाले । सामुदायका सदस्यहरु, गाडीका यात्रुहरु र चालक पनि गाडी रोक्दै अनुहारमा मुस्कान राखी अवलोकन गर्न थाले । विद्यालय जान लागेका विद्यार्थी एकैछिन रोकेर बालविवाह र हिंसा सम्बन्धि प्रस्तुति हेर्दै रमाउन थाले । कार्यक्रमका कलाकारहरु ठुलो आवाजमा "शुण्य सहिष्णुता", "विहे वारी बीस वर्ष पारी", "हिंसा, बालविवाह र मानव बेचविखन रोकौ" भनी आवाज उठाउन थाले । सबैजना गर्वकासाथ आफ्नो हातको रिबन हल्लाउदै थिए ।

युके एडको सहयोगमा पिपुल इन नीडले केर नेपालको कन्सोर्टियम र हाम्रो पालोसंगको साझेदारीमा – निस्पक्ष समतामूलक न्यायको पहुँचको सुदृढिकरण परियोजना सेफ जस्टिस कार्यक्रमको एक भाग, विद्यालयमार्फत सामाजिक रुपान्तरणका लागि ग्रामीण क्षेत्रमा कार्यान्वयन गरेको हो । २०१७ मा हामीले हर टर्न कार्यशाला मार्फत २१०० किशोरीहरु र हिज चान्स कार्यशालामार्फत ८५० किशोरहरु, ४० विद्यालयमा सुरक्षित विद्यालय तालिम, २५० युवा स्रोत व्यक्तिहरुका लागि प्रशिक्षण र किशोरकिशोरीहरुले २२५ सुरक्षित विद्यालय परियोजनाहरु परिचालन गरेका थिए । डिसेम्बरमा हामीले विद्यालयमा सुरक्षा र न्यायको पहुँचबारे कार्यक्रमका उपलब्धिहरु र चुनौतिहरुबारे छलफल गर्न २ वटा जिल्ला स्तरीय सम्मेलन आयोजना गर्र्यौ ।  

जिल्ला स्तरीय सम्मेलनले किशोरकिशोरी र विद्यालयलाई सरकारी निकाय, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु लगायत अरु साझेदारी संस्थाहरुसंग विभिन्न मुद्दाहरुमा छलफल गर्न मञ्च प्रदान गर्यो । “सुरक्षित विद्यालय, सुरक्षित समाज” को नाराका साथ ३ दिन लामो कार्यक्रम सिन्धुपाल्चोक जिल्लामा डिसेम्बर २ देखि ४ सम्म, १९ विद्यालयका ९७ सहभागीहरु र गोरखा जिल्लामा डिसेम्बर ९ देखि ११ सम्म ९ विद्यालयका ५७ सहभागीहरु थिए । कार्यक्रमको मुख्य विषय भनेको समुहमा काम गरी नवनिर्वाचित स्थानिय सरकारी पदाधिकारीहरुलाई शिक्षाको गुणस्तर सुधार गर्ने, विद्यालयमा सुरक्षा कायम गर्नका लागि विभिन्न उपायहरु र सिफारिसहरु वा सुझावहरु संकलन एवम् विकास गर्ने, विद्यालयहरुमा सुरक्षाका विषयमा छलफल गर्ने र न्यायको पहुँच बारे प्यानल छलफल गर्ने रहेको थियो । उक्त सम्मेलनमा नेपाल प्रहरी, महिला तथा बालबालिका कार्यालयका पदाधिकारीहरु र अन्य अतिथीहरुको उपस्थिती थियो । 

कार्यक्रममा सहभागी किशोरकिशोरीहरुले बताए कि, यस सम्मेलनमा बनाएका सिफारिसहरुलाई स्थानिय सरकारलाई प्रस्तुत गरिनेछ र उहाँहरुले योजनाको बारेमा सुचना दिनुहुन्छ भन्ने आशामा उनीहरुरहेका छन्। योजनामा सामेल हुने विषयहरुमा उदाहरणका लागीः स्थानीय सरकारको तर्फबाट बालिका सहयोग समिति, विद्यालय सहयोग समिति, अभिभावक शिक्षक संघ, विद्यालय व्यवस्थापन समिति, विद्यालयसंग संचार समन्वय वा साझेदारीका लागि सम्पर्क व्यक्ति तोक्ने; नियमित रुपमा विद्यालय र प्रतिनिधिबीचमा बैठक गर्ने र नियमित रुपमा विद्यालयका क्रियाकलापहरु, शिक्षकशिक्षिका, अभिभावक शिक्षक संघ, विद्यालय व्यवस्थापन समितिलाई अनुगमन गर्ने जस्ता क्रियाकलाप पर्दछन। त्यस्तै विद्यालयमा हुन सक्ने यौन तथा लैङ्गिक हिंसा, शारीरिक दण्ड सजाय, हेपाई र शिक्षकबाट हुन सक्ने अन्य दुव्र्यवहारहरुलाई सम्बोधन गर्न बलीयो र प्रभावकारी संयन्त्रको विकास गर्नु पनि स्थानीय सरकारको भूमिकामा पर्दछ। विद्यालयमा सुरक्षा भनेको क्रमिक मुद्दा हो – शिक्षकबाट भएका विभिन्न किसिमका दुव्र्यवहारका मुद्दाहरु बारे यस सम्मेलनमा सहभागी किशोरकिशोरीहरुले बताए । “मेरो शिक्षकले विस्तारै मेरो शरीर छुन थाले । म विस्तारै काम्न थाले । उहाँले मेरो भित्री लुगाको तुना तान्न थाल्नुभयो । म भित्रभित्रै रोइरहेकी थिए तर एक शब्द बोल्न सकिन,” हर टर्न कार्यशालाका एक सहभागीले सम्मेलनमा भनिन् । नेपालमा विद्यार्थीहरुलाई जोखिम हुने साझा ठाउँका रुपमा विद्यालयलाई लिइन्छ । यसर्थ, विद्यालयमा सुरक्षित सिकाई वातावरणको आवश्यकता सुनिश्चित हुनु जरुरी छ ।

धेरै किशोरकिशोरीले कार्यशाालामा सिकेका कुराहरु आफ्नो जीवनमा लागु गरेका कुराहरु बताए । ८ कक्षाका हिज चान्स सहभागीले भने, “मैले दुव्र्यवहार र हेपाईको बारेमा सिकेपछि मलाई किशोरीहरुलाई जिस्काउन डर लाग्यो । मलाई लाग्यो कि मेरो टिप्पणी वा मेरो शब्दहरुले किशोरीहरुलाई धेरै असर गर्छ । यसले उनीहरुमा चिन्ता बढ्न सक्छ ।” अन्य सहभागीहरुले पनि उनीहरुले कसरी नेतृत्व विकास गरे भन्ने कुरा बताए । गोरखाका सविनाले समापन समारोहमा उनले गरेको उद्घोषणको अनुभव सुनाइन् । उनले जुन प्रशंसा प्राप्त गरिन् ,त्यसले उनलाई अझ बढी नेतृत्व विकासमा भाग लिन प्रोत्साहन गर्यो । प्यानल छलफलले किशोर किशोरीहरुलाई जिल्लाका पदाधिकारीहरु, सरकारी निकायका प्रतिनिधिहरु, प्रहरीहरुसंग संचार गरेर न्यायको पहूँच, उजुरी प्रक्रियाहरु, पीडक कसरी जवाफदेही हुन्छ भन्ने विषयहरुमा प्रत्यक्षरुपमा बुझ्ने र प्रश्न सोध्ने मौका प्रदान गर्र्यो । सहभागीहरुले न्यायको पहूँच, बजेट विनियोजन र विभिन्न विषयहरुमा आफ्नो कुरा राख्न यो मञ्च सदुपयोग गरे । सहभागीहरुले बजेट विनियोजनमा बालबालिकाको आवश्यकता, हेपाई र दुव्र्यवहारमा सरकारी प्रतिनिधिहरुको संलग्नता र प्रशासनमा सुधार ल्याउनुपर्छ भन्ने कुराहरु उल्लेख गरे । 

सिन्धुपाल्चोकका धेरै सहभागीहरुले जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ्लाई भेट्नु सम्मेलनको महत्वपूर्ण पाटो हो भनी सहमति जनाए । विकट ठाउँमा जन्मनुभएकी उहाँले २५ वर्षको उमेरका यति ठूलो सफलता हासिल गर्नुभयो । विकट गाउँका धेरै किशोरकिशोरीका लागि उहाँ प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँले आफ्नो सिकाइ, युवा नेतृ हुनुको अनुभव बताउनुभयो अनि सहभागीहरुलाई आफ्नो हक र अधिकारका लागि उभिन, लड्न प्रोत्साहन गर्नुभयो। उहाँले बालबालिकाका लागि शिक्षामा लगानी भए मात्र अरु क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने कुरालाई जोड दिनुभयो । उहाँले १० % भन्दा बढि बजेट बालबालिकाका लागि लगानी गर्ने प्रतिवद्घता जनाउनुभयो र सबैजनालाई बजेट विनियोजनका लागि हुने स्थानिय स्तरको बैठकमा भाग लिन अनुरोध गर्नुभयो । 

किशोरकिशोरीहरुलाई स्थानीय न्याय प्रदायकहरु, सेवा प्रदायकहरु र सरकारी निकायहरुसंग यसरी समन्वय गराँउदा परियोजनाकोे दिगोपनलाई सुनिश्चित गर्न मद्दत पु¥याउँछ –यर्सथ युवायुवतीहरुले जिल्लाका सरकारी पदाधिकारीहरुसंग प्रत्यक्षरुपमा संचार गर्न सक्छन् । धेरै सहभागीहरुले आफूजस्तै दुख भोगेका, विभिन्न मुद्दाहरुमा एकै सोचाई भएका, संघर्ष गरिरहेका मानिसहरुलाई यो सम्मेलनमा भेट्न पाउँदा हर्षका साथ सम्मेलनको प्रशंसा गरे । 

किशोरकिशोरीहरुलाई स्थानीय न्याय प्रदायकहरु, सेवा प्रदायकहरु र सरकारी निकायहरुसंग यसरी समन्वय गराँउदा परियोजनाकोे दिगोपनलाई सुनिश्चित गर्न मद्दत पुर्याउँछ –यर्सथ युवायुवतीहरुले जिल्लाका सरकारी पदाधिकारीहरुसंग प्रत्यक्षरुपमा संचार गर्न सक्छन् । धेरै सहभागीहरुले आफूजस्तै दुख भोगेका, विभिन्न मुद्दाहरुमा एकै सोचाई भएका, संघर्ष गरिरहेका मानिसहरुलाई यो सम्मेलनमा भेट्न पाउँदा हर्षका साथ सम्मेलनको प्रशंसा गरे । 

१६ दिने लैङ्गिक हिंसा विरुद्घको अभियानलाई सम्वोधन गर्दै दुवै जिल्लामा किशोरकिशोरीहरु सार्वजनिक विशेष कार्यक्रमहरुमा सहभागी भएका थिए । डिसेम्बर ४ का दिन सिन्धुपाल्चोक जिल्लामा, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, एन जी ओ फेडेरेसन र अन्य सरोकारवालाहरुको समन्वयमा रैली आयोजना भएको थियो भने १० डिसेम्बरका दिन गोरखामा फ्लास मोब आयोजना गरिएको थियो जहाँ स्थानिय समुदायका सदस्यहरु भेला भएका थिए । उक्त कार्यक्रममा सहभागीहरुले हिंसारहित वातावरण सृजना गर्ने किसिमका सन्देश बोक्दै नाडीमा बाधिएको सुन्तला रंगको रिबन हल्लाउदै नाच्दै थिए । 

Autor: विजया पुन र जेनिशा त्वानाबासू, सुरक्षा अधिकृत

सम्बन्धित लेखहरू