नेपालमा पहिरोवाट बाँचेकाहरुलाई पिपुल इन नीड र यसका साझेदार संस्थाहरुको सहयोग

प्रकाशित १३ नोभेम्बर २०२० पढ्न लाग्ने समय 4 मिनेट
नेपालमा पहिरोवाट बाँचेकाहरुलाई पिपुल इन नीड र यसका साझेदार संस्थाहरुको सहयोग
© Foto: पिपुल इन नीड

नेपालको पहाडी भेगमा यस बर्षको बर्षात् मौसमले ४४ वटा पहिरोहरु निम्त्याएको पाइन्छ जहाँ मानिसहरु २०७२ सालको भूकम्पवाट पुनःस्थापित हुन प्रयास गरी रहेका थिए । त्यस्तै पहिरोका कारण २०७७ सालमा नेपालको पहाडी जिल्लाहरु सिन्धुपाल्चोक, धादिङ र गोरखामा ६४ जना मानिसहरुले ज्यान गुमाए भने १,७०० भन्दा धेरै परिवारहरु बिस्थापित भए – जहाँ यस भेगका बासिन्दाहरु विश्वव्यापी महामारी कोरोना भाइरससँग पनि लडिरहेका थिए ।

नेपालमा लापार्वाही ढंगले सडक निर्माण र जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिएका प्रयासहरु प्रभावकारी ढंगले हुन सकेको छैन जसले गर्दा वातावरणीय अवस्था खराव हुँदै गई रहेको छन् भने मानिसहरुले ज्यान गुमाउनुका साथै पहिरोले सम्पत्ती, पशु चौपाया विनाश र खेतीयोग्य जमिन नाश हुदैँ गएको छ । जस कारण नेपालले पहिरोको जोखिम प्रभावकारी रूपमा न्यून गर्नमा असफल रहे ।

बाह्रविसे, सिन्धुपाल्चोकको पहिरोवाट पिडित कृष्ण बहादुर नेवार भन्छन्, “यो घटनाको वारेमा मलाई सोच्न धेरै कठिन हुन्छ, मैले जे गुमाए त्यो भन्न मलाई धेरै गाह्रो छ । त्यो विनाशकारी पहिरोले मेरो घर र सम्पत्ती मात्रै लगेन, म र मेरो घाइते छोरोलाई एक्लो बनाएर मेरो प्यारी श्रीमती समेत लग्यो । एकै पटक सबै गुमाउदा मलाई धेरै डर लाग्ने र रिस उठ्ने हुन्छ ।”

युरोपेली आयोग मानविय सहयोग निकायको सहयोगमा पिपुल इन नीड (पिन) र स्थानीय साझेदार संस्था फेज नेपालसँगको साझेदारीमा पहिरो आपतकालीन उद्धार परियोजनाको शुरुवात गरीएको छ । पहिरो जाने वित्तिकै स्थानीय सरकारसँगको साझेदारीतामा तत्कालै पहिरोको क्षतीका वारेमा पहिचान तथा लेखाजोखा गर्ने सवालमा सो परियोजनाको टोली खटाइएको थियो । जसको उद्धेश्य भनेको पहिरोवाट सबै भन्दा बढी प्रभावित व्यक्तिको उद्धार तथा तत्कालको आधारभूत आवश्यकता परिपूर्ती गर्नु हो । 

जोखिममा रहेका परिवारलाई तत्काल सहयोग

पहिरोले बाली र खेतीयोग्य जमिनको विनाश, जीविकोपार्जनको साधान श्रोतको क्षती तथा घर र सम्पत्तीहरु बगाएका कारणले बाँचेकाहरुका सम्मानजनक सहयोग, आपतकालीन आवास तथा आधारभूत सहयोगका तत्काल आवश्यकता हुन्छ । स्थानीय साझेदार संस्थाहरुको सहयोगमा पिनले तत्कालै आपतकालीन आवास, गैर खाद्य सामग्री र खानेपानी, सरसफाई तथा स्वच्छता सामग्रीहरु तीन जिल्लाका अति जोखिममा रहेका परिवारहरु विशेष गरेर अपांगता भएका व्यक्तिहरु, गर्भवती र स्तनपान गराउने महिला, ज्येष्ठ नागरीक र महिला घरमुली भएका परिवारलाई वितरण गरेका थियो ।


कोरोना भाइरसको महामारीको बेलामा, हामीले हाम्रा कर्मचारीहरुको टोलीलाई पहिरोबाट प्रभावित जिल्लाहरुमा स्थलगत रुपमा त्यहाँको आवश्यकता तथा अवस्थाहरुलाई कोभिड–१९ को संवेदनशील दृष्टिकोणबाट बुझ्नका निम्ति खटाइएको थियो । हामीले भेटेका व्यक्तिहरूका आवश्यकताहरू फरक फरक थिए । कसैलाई आवास, सफा तथा न्यानो लुगाहरु भने कसैलाई नवजात शिशुहरूको लागि आवश्यक सामग्री रहेका थिए । स्थानीयहरुसँगको परामर्शले संकेत गरे कि यस कोभिड–१९ को महामारीको बीचमा उनीहरु थप वर्षा होला भनेर त्रसित थिए । आन्तरिक विस्थापितको रूपमा १०० घरधुरीहरुलाई पहिचान गरी केही नभएकाहरूलाई अस्थायी आवास निर्माण गर्ने सामग्रीहरु जस्तै जस्तापाता, सादा पाता, र त्रिपाल जस्ता आधारभूत सामग्री समावेश गरी आपतकालीन सहयोगका लागि प्राथमिकता गरियो ।

गर्भवती र सुत्केरी महिलाहरुले बालबालिकाको आधारभूत सरसफाई सुरक्षित र मर्यादित ढंगले गर्नको लागि खानेपानी तथा सरसफाइ/डिग्निटी किट प्राप्त गरे । कुल ११६ गर्भवती र सुत्केरी महिला भएको घरधुरीले डिग्निटी किट प्राप्त गरे जसमा आवश्यक वस्तुहरु जस्तै साबुन, दन्त सामग्री, तौलिया, बच्चाको लुगा, डाइपर र भित्री लुगाका साथ साथै कोभिड–१९ को प्रावधान स्वरुप सेनिटाइजर र मास्क थिए । थप १५६ जोखिमयुक्त घरधुरीलाई गैर–खाद्यान्न वितरण गरियो जसमा कम्बल, डस्ना, भान्छाको लागि सामग्री र सौर्य शक्तिबाट चल्ने बत्ती जस्ता आधारभूत जाडोको सामग्रीहरु समावेश गरिएको थियो ।

पिपुल इन नीड नेपालका कार्यक्रम प्रमुख, ड्यान म्याकनामारा भन्नु हुन्छ, “विनाशकारी भूकम्प गएको पाँच वर्षपछि पनि जोखिमयुक्त परिवारलाई पहिरोले थप प्रभावित पारेको छ । सुरक्षित आवास र जिविकोपार्जन बिना परिवारहरु घर फर्कन असमर्थ छन् जसको कारण उनीहरु पिछडिएका छन् र तङ्ग्रिन सकेका छैनन् । आपत्कालीन आवास र खानेपानी तथा सरसफाइका प्रावधानहरुले कोभिड–१९ महामारीले पारेको अत्यन्त असुरक्षित र अन्यौलको समयमा परिवारहरुलाई केही राहत प्रदान गर्न सक्छ । पिन र युरोपेली आयोगको सहयोग केवल सुरुवाती कदम मात्र हो । पहिरो प्रभावितको सम्मानजनक र अर्थपूर्ण पुनः उत्थानको लागि अझै धेरै कुराहरुको आवश्यकता पर्छ ।”

संकटको घडीमा आशाको किरण

२७ वर्षिया बिमला सेन्चुरी ६ महिनाको गर्भवती छिन् । उनी आफ्नो तीन जना बालबच्चा सहित धादिङको गाउँमा बस्छिन् भने उनको श्रीमान् धादिङबाट १४६ कि.मी. टाढा बुटवलमा ज्याला मजदुरी गर्छन् । पहिरोले उनको घरमा पूर्ण क्षति पुर्यायो । बिमला भन्छिन्, “पहिरोले घर भत्काएपछि म र मेरो तीन सन्तान अर्काे गाउँमा रहेको मेरो माइतीमा बस्न गयौँ । म एक गरिब दलित महिला हुँ र मेरो श्रीमान्ले ज्याला मजदुरी गरेर कमाएको पैसाले आफ्नो तीन सन्तानको लालन पालन गरिरहेकी छु । पहिरो गएपछि स्थानीय तहले गरेको सुरुवाती सहयोगमा धेरै मानिसहरुले विभिन्न किसिमको राहत पाए तर म अर्कै गाउँमा बसेको र कसैले पनि राहत वितरण सम्बन्धी जानकारी नगराएको कारण मैले भने त्यो राहतहरु पाइन । तर पिनले राहत वितरण कार्यक्रममा मलाई पनि समावेश गरेकोमा एकदमै हर्षित छु । आवासको लागि वितरण गरिएको सामग्रीहरु प्रयोग गरी घर मर्मत सम्हार गरी दसैँ पनि आफ्नै घरमा मनाउन सक्छु यसको लागि संस्था र वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।” 

पिनले साझेदारीमा सिन्धुपाल्चोक, धादिङ र गोरखा जिल्लामा पहिरोबाट प्रभावित जोखिमयुक्त समुदायहरुलाई कोभिड–१९ सम्बन्धी खानेपानी तथा सरसफाइको क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरिरहेको छ । जसमा सफा र सुरक्षित सुविधाहरु भएको लैंगिकमैत्री सामुदायिक शौचालयहरु तथा स्वच्छ खानेपानीको स्टेशनहरुको स्थापना गर्नुका साथै उपयुक्त सरसफाइ प्रोत्साहन सम्बन्धी अतिरिक्त गतिविधीहरु पनि सञ्चालन गरिरहेको छ ।

थप जानकारीको लागिः

याकुब स्म्युट्नी, पिपुल इन नीड – देशीय निर्देशक नेपाल, +४२० ७२४ ५८७ ८८८,  jakub.smutny@peopleinneed.cz

ज्याम्पा छिरिङ लामा, पिपुल इन नीड नेपाल, आपत्कालीन संयोजक, jampa.lama@peopleinneed.cz

Autor: पिपुल इन नीड

सम्बन्धित लेखहरू