नेपालका लागि दिगो समाधान

प्रकाशित १२ मार्च २०१९ पढ्न लाग्ने समय एक मिनेट
नेपालका लागि दिगो समाधान
© Foto: पिपुल इन नीड

नेपालको विक्रम संवत २०७२ को भूकम्पपछिको स्थानान्तरणबारे थप जान्न चाहानुहुन्छ ?

दिगो समाधान परियोजनाका कारण, तपाईँ कुन क्षेत्रमा सर्वेक्षण भयो, भौगर्भिक जोखिममा रहेका परिवारहरूलाई कहाँ के–कति स्थानान्तरण गरियो, तिनीहरूको जनसाङ्ख्यिक विवरण के–कस्तोे छ लगायतका विषयमा थाहा पाउन सक्नुहुन्छ ।तपाईँले विभिन्न जिल्लाका पहिरोको जोखिमको स्तर पनि थाहा पाउन सक्नुहुन्छ । स्थानीय सरोकारवाला, समुदायका सदस्य तथा सरकारले विपद् जोखिम न्यूनीकरण र सङ्कट प्रतिरोध रणनीतिलाई बलियो बनाउनका लागि यसको प्रयोग गर्न सक्छन् ।

हाम्रो वेबसाइट हेर्नुहोस् - http://www.durablesolutionsnepal.org 

कन्सोर्टियम साझेदार सामुदायिक आत्मनिर्भर केन्द्र तथा प्राविधिक साझेदार स्कट विल्सन नेपालसँगको सहकार्यमा पिपुल इन नीड (पिन)ले दिगो समाधान परियोजनाको वेबसाइट सार्वजनिक गरेको हो ।

अद्यावधिक ड्यासबोर्ड हेर्न तथा जारी क्रियाकलाप, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशनसँग सम्बन्धित सामग्री र भूकम्पमा बाँचेकाहरूका कथाका लागि वेबसाइट हेर्नुहोस् ।

दिगो समाधान परियोजनालाई बेलायती सहयोग नियोग (युके एड) मार्फत् बेलायती जनताले आर्थिक सहयोग गरेका छन् ।



Autor: पिपुल इन नीड

सम्बन्धित लेखहरू