नेपालका किशोरीहरुलाई दूर शिक्षण सिकाईद्वारा सहयोग गर्दै

नेपालका किशोरीहरुलाई दूर शिक्षण सिकाईद्वारा सहयोग गर्दै

३ डिसेम्बर २०२०

नेपालमा आरम्भ परियोजना, यूके ऐडको गर्ल एडूकेशन च्यालेन्जको आर्थिक सहयोगमा पिपुल इन नीडको नेतृत्वमा प्रदेश नं. २ मा विवाहित, विधालय बाहिर रहेको किशोरीहरुलाई साक्षरता र गणितीय र जीवनोपयोगी सीप सम्बन्धी कक्षाहरु प्रदान गरिरहेको छ । यस परियोजनाले १० देखि १९ वर्ष उमेरका विवाहित किशोरीहरुसँग काम गर्दछ जो कहिल्यै पनि विधालय गएको छैनन् वा चाँडै छोड्नुपर्यो ।

भरत श्रेष्ठ, पिनका कार्यक्रम व्यवस्थापक, भन्नुहुन्छ, “परियोजनाले किशोरीहरुको समुदायमा उनीहरुलाई आधारभूत साक्षरता र गणित सिकाउन कक्षा सञ्चालन गरिरहेको छ । यस परियोजनाले महिला र किशोरीहरु विरुद्धको हिंसा, सुरक्षा, यौन तथा प्रजनन् स्वास्थ्य, भावनात्मक सुस्वास्थ्य र नेतृत्वमा जीवनोपयोगी सत्रहरु सञ्चालन गरिरहेका छ । रिफेरल संयन्त्रको रुपमा परियोजनाले किशोरीहरुलाई स्थानीय स्तरमा उपलब्ध सेवाहरुको जानकारी प्रदान गर्दछ ।” परियोजनाको रिफेरल संयन्त्रको आधारमा, किशोरीहरुलाई थप सेवाहरुमा पहुँच भइरहेको बेलामा सहयोग प्रदान गरेको छ । 

देवी (नाम परिवर्तित), यस परियोजनाका एक लाभग्राही, एक नेपाली किशोरी जसको कम उमेरमा भारतको एक किशोरसँग विवाह भएको थियो । साढे दुई वर्ष अघि, देवी आफ्ना बाबुआमासँग बस्न नेपाल फर्किए किनभने उनका सासु ससुरासँग केही मुद्दाहरु थिए र २०१९ मा उनले यस परियोजनामा नाम दर्ता गरे । 

नेपालको राष्ट्रव्यापी कोभिड– १९ को लकडाउन भन्दा केही महिना अघि देवीका श्रीमान् नेपाल आए र उनीसँग उनका अभिभावकका घरमा बस्न थाले । एक रात उनका श्रीमान्ले उनीमाथि दुव्र्यवहार गरे । समुदायको सामाजिक मान्यताहरुको कारण जवान किशोरीहरुले यस प्रकारको दुव्र्यवहारको बारेमा चुप लाग्ने आसा गरिन्छ । यधपि, आरम्भ परियोजनाले प्रस्ताव गरेको सत्रमा उपस्थित भएर देवीले विधमान सामाजिक मान्यतालाई चुनौती दिए र उक्त घटना प्रहरीलाई रिपोर्ट गरे । समस्या अन्ततः परिवारभित्र सम्बोधन गरिएको थियो तर यदि घटना दोहोरियो भने देवीले फेरि प्रहरीलाई रिपोर्ट गर्नेछिन् ।

महामारीलाई अनुकूलन गर्दै

कोभिड–१९ महामारी भन्दा पहिले १५ देखि २० वर्षको किशोरीहरुको समूह सामुदायिक सिकाई केन्द्रहरु (सि.एल.सी.) मा उनीहरुको गाउँहरुमा कक्षामा सहभागी हुनको लागि भेला हुन्थे । यधपि सि.एल.सी.हरु मार्च २०२० मा नेपालको राष्ट्रव्यापी लकडाउनको कारण बन्द भएका थिए ।

किशोरीहरुलाई शिक्षामा पहुँच प्रदान गर्न निरन्तरताको लागि यस परियोजनाले दूर शिक्षण सिकाई (डि.टि.एल) कार्यक्रम अपनायो, जसमा सहजकर्ताहरुले मोबाईल फोन मार्फत किशोरीहरुसम्म उनीहरुको सत्रहरु जारी राखेका थिए । “यधपि म कहिल्यै विधालय गएको छैन, म सिक्नमा रुचि राख्छु । घरमा एक्लै बस्नुको सट्टा मोबाइल फोनबाट सिक्नुले मलाई व्यस्त बनाउँछ । यो फोन मेरो अमी (सासू) र अब्बा (ससुरा) द्वारय प्रदान गरिएको हो जसले गर्दा म अध्ययन गर्न र मेरो आवश्यकताको आधारमा यसलाई प्रयोग गर्न सकूँ”, – १९ वर्षिय, २ वर्षिय बच्चाको आमा, मुस्लिम किशोरी । एक स्थानीय सहजकर्ताले भन्छिन्, “म पाठ सकिसकेपछि म हरेक किशोरीलाई गृहकार्य दिन्छु । अर्को दिनको कक्षामा, उनलाई पाठमा भएका प्रश्नहरुको उत्तर दिन लगाएर उनले गृहकार्य गरेकी छिन् कि छैनन् भनेर जाँच गर्छु । सि.एल.सी.मा हुँदा किशोरीहरुलाई लेख्न सिकाउन सजिलो हुन्थ्यो । फोनमा तिनीहरुको उत्तरहरु जाँच गर्न धेरै गाह्रो हुन्छ । केही किशोरीहरु जे पढाईमा कमजोर छन् र उनीहरुलाई सहायता गर्न परिवारमा कोही शिक्षित सदस्यहरु छैनन्, उनीहरुलाई गृहकार्य गर्न र सिक्न गाह्रो लाग्छ ।” 

यधपि केही कठिनाई भएपनि, यस वैकल्पिक दूर शिक्षण सिकाई विधिले किशोरीहरुको निरन्तर शिक्षा सर्मथन गर्दै अनिश्चित लकडाउन अवधिमा सहजकर्ता मार्फत फोनबाट किशोरीहरुलाई निरन्तर शिक्षा दिन, सकारात्मक स्वास्थ्य सन्देशहरु, सेवाको उपलब्धता आदि प्रसारण गरेर किशोरीहरुलाई सकारात्मक रुपमा संलग्न गराएर, किशोरी र उनीहरुको परिवारबिच; र परियोजना र समुदायबिच प्रत्यक्ष सम्पर्कबाट राम्रो सम्बन्ध र विश्वास कायम गरी केही सकारात्मक नतिजाहरु ल्याउन सफल भएको छ ।

यस परियोजनाले लकडाउनको अवधिमा मोबाइल फोनको प्रयोगबाट किशोरीहरुको सुस्वास्थ्य थाहा पाउन, कोभिड–१९ सम्बन्धी सुचना र सेवाहरु प्रसारण गर्न र दूर शिक्षण सिकाईको समयमा परिवारको संलग्नता सुनिश्चित गर्यो ।

स्थानीय रेडियो मार्फत जनचेतना फैंलाउदैं

यस परियोजनाले महिला र किशोरी विरुद्ध हुने हिंसा, बाल विवाह, सुरक्षित मातृत्व, किशोरीहरुको लागि शिक्षा र स्थानीय रेडियो कार्यक्रम मार्फत निःशूल्क मनोसामाजिक परामर्शको बारेमा सन्देशहरु पनि प्रसारित गर्दैछ । “सामुदायिक नेताहरु, स्थानीय सरकार र सरोकारवालाहरु, जसलाई चेन्ज च्याम्पेनहरु भनिन्छ– किशोरीहरुको सम्लग्नता र सुरक्षा सुनिश्चित गर्न, र लैंगिकतामा आधारित हिंसा जस्ता हानिकारक सामाजिक मान्यता र अभ्यासहरुलाई गर्न यी अनूकुलित विधिहरुमा सम्लग्न थिए ।”, श्रेष्ठ भन्छन् ।

यो वर्ष, आरम्भ परियोजनाले १७०९ जना विवाहित, विधालय भन्दा बाहिर रहेको किशोरीहरुलाई साक्षरता, गणितीय र जीवनोपयोगी सीपका सत्रहरु प्रदान गर्न सहयोग गरिरहेको छ । यी किशोरीहरु शैक्षिक रुपबाट सीमान्तकृत छन् र बालविवाह जस्ता हानिकारक सामाजिक मान्यताहरुको परिणाम स्वरुप उनीहरुलाई अन्य सामाजिक आर्थिक अवसरहरुबाट वञ्चित गरिएका छन् । कोभिड–१९ महामारीको समयमा, परियोजनाको समुहलाई लैंगिकतामा आधारित हिंसाका तीन घटनाहरुको बारेमा सुचित गरिएको छ र तुरुन्तै सेवाहरुको लागि परिवारलाई सम्बन्धित सेवाग्राहीको सम्पर्क विवरण प्रदान गरिएको थियो ।

लेखक: सजना श्रेष्ठ, संचार तथा पैरवी व्यवस्थापक, पिपुल इन नीड