मायाको सन्देश : नेपालका किशोरी आमाहरुको लागि एम-हेल्थ (mHealth)

प्रकाशित १० जुलाई २०२० पढ्न लाग्ने समय 5 मिनेट
मायाको सन्देश : नेपालका किशोरी आमाहरुको लागि एम-हेल्थ (mHealth)
© Foto: सजना श्रेष्ठ

पार्वती आफ्नो परिवारसँग सिन्धुपालचोक जिल्लाको पहाडी गाउँमा बस्छिन् । उनको विवाह १७ वर्षको उमेरमा भएको थियो र उनी विवाह लगत्तै गर्भवती भइन् । उनी ५ महिनाको गर्भवती भएपछि डाक्टरी जाँचमा जाँदा आफू गर्भवती भएको कुरा बल्ल थाहा पाइन् ।

पार्वतीको कथा नेपालको यस भेगको लागि कुनै नौलोपन छैन । उनी जस्तै धेरै किशोरीहरु र किशोरी आमाहरुलाई गर्भावस्थाको सामान्य जानकारीमा पहुँच छैन जसकारण उक्त अवस्थामा मद्दतको लागि कहाँ जाने भन्ने कुरामा पनि अनविज्ञ छन् । किशोरी आमाहरु जसले सानै उमेरमा विवाह गर्छन्, प्राय आफूलाई असुरक्षित परिस्थितीमा पाउँछन् । उनीहरुले सशक्तिकरण र शिशु स्याहार गर्ने सिकाइबाट भरपुर लाभ उठाउन सक्छन् ।

सोही आवश्यकतालाई सम्बोधन गर्न पिपुल इन नीड (पिन) र साझेदारी संस्था हाम्रो पालोले ग्रान्ड च्यालेन्जेज एक्सप्लोरेसन्स (बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको) को आर्थिक सहयोगमा “हेलो साथी” परियोजना सञ्चालन गरेको थियो । यस परियोजना मानसिक र शिशु स्वास्थ्य, ग्रामीण किशोरीहरुमा लैङ्गिक मान्यता र किशोरी आमाहरुको स्वास्थ, सुरक्षा र सशक्तिकरणमा केन्द्रित रहेको थियो । 

यस परियोजनाको उद्देश्य मध्ये किशोरी आमाहरुलाई आफ्नो मानसिक स्वास्थ्य सुधार्न र राम्रो मातृ तथा शिशु अभ्यासहरु सिक्नको लागि प्रविधिको प्रयोग गर्नु एक उद्देश्य थियो । एम–हेल्थ आइभीआर Interactive Voice Response (IVR) प्रणाली प्रयोग गरेर हप्ताको दुई चोटी १४ देखी १९ वर्षसम्मका आमाहरुको समूहलाई मोबाइल फोनमा अडियो सन्देश पठाइन्थ्यो र साथ साथै उक्त क्षेत्रका महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई पनि पठाइन्थ्यो ।

"हेलो साथी, म माया ... ”

आइभीआर प्रणालीले प्रयोगकर्तालाई विभिन्न विकल्पहरु प्रदान ग¥योः उनीहरुले अडियो सन्देश एक पटक भन्दा बढी सुन्न सक्थे, आफ्नो प्रश्नहरु रेकर्ड गर्न सक्थे वा सकंटमा परेका किशोरी आमाहरुका लागि अन्य सेवाहरुको जानकारी पाउन सक्थे । अन्य सेवाहरुमा परामर्श हेल्पलाइनहरु, यौन र प्रजनन स्वास्थ्य, यौन तथा लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्घ सहायता र आत्महत्या रोकथाम जस्ता सेवाहरु समावेश थिए । प्रयोगकर्ताहरुले कुनै पनि समयमा सन्देशहरु पाउने सदस्यता रद्द गर्न सक्थे ।

"माया" कार्यक्रमको मुख्य पात्र थिइन् । सन्देशहरु मायाको आवाजमा रेकर्ड गरिएको थियो र कथा, नाटक र हाजिरीजवाफको माध्यमबाट प्रयोगकर्ता सम्म पुर्याइएको थियो । यस सन्देशहरुले सरकारको सुरक्षित मातृत्व कार्यक्रमलाई बढावा दिँदै स्वस्थ व्यवहारलाई प्रोत्साहित ग¥यो । महिला स्वास्थ्य स्वंयमसेविका जस्ता अग्रणीमा रहेर काम गर्ने व्यक्तिहरुको भूमिकालाई पनि प्रोत्साहन ग¥योे ।

किशोरी आमाहरुसँग काम गर्दै गर्दा, पिनले आफुले प्रदान गरेका सुझावहरु सांस्कृतिक रुपमा र सबै उमेरका समूहहरुका लागि उपयुक्त थियो भनेर सुनिश्चित गर्न स्वचालित मेसेजिंग कार्यक्रम तयार पार्यौ । ग्रामीण क्षेत्रहरुमा स्मार्टफोनको प्रयोग र साक्षरता दर कम छ । त्यसैले, त्यहाँ साधारण फोनमा भ्वाइस सन्देशहरु उपलब्ध गराउनु नै एक योग्य माध्यम थियो । यसको लागि ठुलो परिमाणमा कर्मचारीहरुको आवश्यकता पनि पर्दैनथ्यो । किशोरी आमाहरुले मोबाइल सन्देश मार्फत मानसिक स्वास्थ्य सम्बन्धी जानकारी सहज वातावरणमा लिन सक्दथे । 

पार्वती भन्छिन्,“मैले मेरी छोरीलाई घरमै जन्म दिएँ । मलाई उसको स्याहारसुसार कसरी गर्ने भन्ने थाहा थिएन । म बिरामी थिएँ र राम्ररी खाना खान सक्दिनथेँ । मलाई सधैँ आफू वा आफ्नो बच्चालाई केही होला कि भन्ने चिन्ताले सताउँथ्यो ।” आइ भी आर सन्देशहरुले उनलाई कम चिन्तित तुल्याउनुको साथै बच्चाको जन्मपछि खानामा हरियो सागपात, गेडागुडी, माछा र मासु लगायतका खानेकुराहरु खानामा समावेश गर्नुपर्ने कुरा सिकायो । उनले आफूले सिकेका कुराहरु भर्खरै बच्चा जन्माएको आफ्नो छिमेकीसँग पनि साटिन् । 

कुल ६५ वटा एमहेल्थ आइभीआर सन्देश तयार पारिएको थियो र प्राप्तकर्ताको बुझाइलाई मुल्याङकन गर्न उक्त सन्देशहरुलाई ६ वटा हाजिरीजवाफसँग जोडिएका थिए । आठ महिनाको परियोजना समापनमा, किशोरी आमाहरुको स्वास्थ्यमा उल्लेखनीय सकारात्मक परिवर्तन आएको थियो । उनीहरुको मानसिक स्वास्थ्यमा सुधारको साथसाथै परिवारका निर्णय लिने काममा समेत अधिक सहभागिता भएको थियो । सन्देश पाउने आमाहरुले बढी सशक्त भएको महसुस गरे र समुदायको मातृ र शिशु स्वास्थ्य सम्बन्धि चेतनामा उल्लेखनीय सुधार भएको बताए ।

"म आफ्नो श्रीमान्सँग सन्देश सुन्थेँ । अहिले जब म तनावमा हुन्छु, आफ्नो साथीहरुसँग कुरा गर्छु र मनको भावना साट्छु अनि अशान्त हुन्छु ।"

उदाहरणको लागि, ७४ प्रतिशत लक्षित आमाहरुले सन्देशहरु साथी र परिवारसँग साटेको र ४७ प्रतिशतले आफ्नो श्रीमान्ले पनि सुनेको बताए । एक १८ वर्षीय आमाले भनिन्,“मेरो परिवारका सदस्यहरु आइभीआर अडियो सन्देशहरु सुन्न उत्साहित हुन्छन् । सन्देश सुनिसके पछि, हामी सधैँ उक्त विषयमा छलफल गर्छौ । एउटा अडियो सन्देशमा मायाले गर्भवती अवस्थामा धुम्रपान र मदिरा सेवन गर्नु बच्चा र आमाको स्वास्थ्यको लागि खतरनाक हुन्छ भनेकी थिइन् । त्यसबेला देखि मेरो दिदीले रक्सी पिउन छोड्ने प्रतिबद्घता जनाएकी थिइन् ।”

पार्वती थप्छिन्, “अडिया सन्देश आउनुभन्दा एक घण्टा अघि एसएमएस (SMS) सूचना पाउँदा मायाले के भन्छिन् भनेर उत्साहित हुन्थेँ । कहिलेकाहीँ फोन उठाउन छुटाउँदा म दुखी हुन्थेँ तर उक्त सन्देश त्यही समयमा फेरी भोलिपल्ट सुन्न पाउँदा खुसी पनि हुन्थे । म आफ्नो श्रीमान्सँग सन्देश सुन्थेँ । अहिले जब म तनावमा हुन्छु, आफ्नो साथीहरुसँग कुरा गर्छु र मनको भावना साट्छु अनि अशान्त हुन्छु ।"

कार्यक्रमले महिला स्वास्थ्य स्वंयमसेविकाहरुको महत्व बढाउन पनि मद्दत ग¥यो । स्वंयमसेविका मध्ये एक, पुण्य माया गुरुङले सन्देश कार्यक्रमको कारण मानिसहरुले समुदायमा महिला स्वास्थ्य स्वंयमसेविकाहरुको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा महसुस गरेको उल्लेख गरिन् । गुरुङ थप्छिन्, “कार्यक्रम आउनु अघि समुदायका मानिसहरुले हामी र हाम्रो कामलाई महत्व दिँदैनथे । तर यस कार्यक्रमले हाम्रो महत्वलाई प्रकाश पारेको छ र हामी जस्ता स्वंयमसेविकाहरुलाई पनि सम्मान दिन थालेका छन्।”

हामी के सिक्न चाहन्छौँ ?

किशोरी आमा र महिला स्वास्थ्य स्वंयमसेविकाहरुले आइभीआर सन्देशको लेख्नमा संलग्न हुने बेलामा निम्न विषयहरु सिक्न चाहेको इच्छा व्यक्त गरेः 

  • गर्भवती हुँदाका लक्ष्णहरु र गर्भावस्थामा चाहिने परामर्श ।
  • आमा र बच्चालाई स्वस्थ राख्न उपयोगी रणनीतिहरु ।
  • बच्चालाई सही तरिकाले हेरचाह गर्ने शिपहरु ।
  • गर्भवती महिला र बच्चालाई असर गर्ने स्वास्थ्य अवस्था र त्यसको लक्ष्णहरु ।
  • महत्वपूर्ण खोपहरु र सरुवा रोगको रोकथामका उपायहरु ।
  • स्तनपान र आमा र बच्चाको लागि आवश्यक पौष्टिक आहारहरु ।
  • सरकारले यातायात र प्रसुति जाँचमा प्रोत्साहन स्वरुप प्रदान गर्ने भत्ताको बारेमा ।
  • मानसिक रोग र चिन्ता, तनाव कम गर्न र नयाँ आमाहरुको मानसिक स्वास्थ्य सुनिश्चित गर्ने रणनीतिहरु ।


Autor: सजना श्रेष्ठ, संचार अधिकृत, पिपुल इन नीड