जलवायु उत्थानशिलता
वि.सं. २०७२ को भूकम्पले नेपालका धेरै क्षेत्रमा त्यसबेलासम्म भएको आर्थिक विकासलाई धराशायी गरिदियो । त्यसैलाई मध्यनजर गर्दै हामीले भविष्यका प्रकोपका प्रभावबाट उभ्रिने मानिसहरूको क्षमतालाई सुदृढ पार्नुमा हाम्रा प्रयासहरू केन्द्रित गरेका छौं। हामीले व्यक्ति, परिवार र समुदायहरूलाई भविष्यमा आइपर्न सक्ने उस्तै परिस्थितिहरूको आँकलनको क्षमता विकास गर्न र तयारी गर्न मद्दत गरिरहेका छौं । हामी स्थानीयहरूलाई आफ्ना आजीविका सुरक्षित गर्न र पूर्वाधारहरूको पुनर्निर्माण गर्न यथाशक्य सहयोग गरिरहेका छौं ताकि भविष्यमा आउन सक्ने प्राकृतिक प्रकोपका लागि उनीहरू थप तयार रहन सकुन् ।
यस बाहेक उनीहरूको प्रकोपहरूबाट उभ्रिने र बाह्य आकस्मिकताहरूको सामना गर्ने क्षमतालाई सुदृढ पार्दै परियोजनाहरूको माध्यमबाट सबैभन्दा कमजोर र पिछडिएका समुदायलाई समर्थन गर्ने कुरामा पिनले ध्यान केन्द्रित गरेको छ । हाम्रा साझेदारहरूसँग मिलेर हामीले गोरेटा बाटाहरू र झुलुंगे पुलहरू निर्माण गरेका छौं l साथै हामीले भूकम्प प्रतिरोधात्मक आश्रयहरूको र्निर्माण गर्न र पहिरोको जोखिममा रहेका परिवारहरूको स्वैच्छिक पुनर्वासमा सहयोग गरेका छौं।
Past Activities
जलवायु परिवर्तन टोय मोडल परियोजना: नेपालको जोखिममा परेका क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रभावलाई राम्रोसँग बुझ्नको लागि अन्तरक्रियात्मक स्थानीय परिदृश्य नमुनाहरु
यस परियोजनाको सामान्य उद्देश्य कर्णाली प्रदेशको गुर्भाकोट नगरपालिकामा जलवायु परिवर्तन टोय मोडल पाइलट गर्ने र यसरी जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट सबैभन्दा जोखिममा परेका मानिसहरूलाई जोगाउन सक्ने अवधारणाको उदाहरणीय र दिगो प्रमाण प्रदान गर्न योगदान पुर्याउनु हो। यस परियोजनाले मानिसहरूको कार्यउन्मुख अनुसन्धान र क्षमता सुदृढीकरण गर्न सहयोग गर्दछ ।
यस प्रस्तावको विशिष्ट उद्देश्य जलवायु जोखिम न्यूनीकरण र लैङ्गिक समानता र सामाजिक समावेशी प्रक्रियाहरू, टॉप-डाउन र बटम-अप प्रक्रियाहरूलाई एकीकृत गरी निर्बाध रूपमा निर्माण गर्न जलवायु परिवर्तन उपकरण बक्सहरू सह-उत्पादन गर्नु हो। जसको माध्यमबाट स्थानीय निकायहरूले जलवायु परिवर्तन अनुकूलनमा राम्रो र समावेशी निर्णयहरू गर्न जलवायु जोखिमहरूमा वैज्ञानिक तथ्याकं प्रयोग गर्दछ। अनुकूलन, अनुसन्धान र अभ्यासका लागि नवीन दृष्टिकोणहरू मार्फत यसले स्थानीय स्तरको अनुसन्धान र कार्यान्वयनकर्ताहरू र लैङ्गिक-संवेदनशील र जलवायु-संवेदनशील सीमान्तकृत समूहहरू सहित स्थानीय निकायहरू र समुदायहरूको पहुँच र क्षमताहरू बीचको दीर्घकालीन सहयोगलाई सुदृढ गर्ने लक्ष्य राख्दछ। नेपालभर प्रणालीगत परिवर्तनको नमुना अनुकरण गर्न तीनै तहका सरकारका प्रमुख सरोकारवालाहरूलाई संलग्न गराउने विशेष उद्देश्य हुनुपर्छ। यसले द्विपक्षीय अनुकूलन र स्थानीय स्तरको योजना र जलवायु परिवर्तनलाई थप प्रभावकारी प्रतिक्रियाहरूमा सीमान्तकृत समूहहरूलाई थप अर्थपूर्ण समावेश गर्न सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि/सुदृढ गर्न मद्दत गर्नेछ।
दिगो समाधान ३ परियोजनाः मधेस प्रदेशमा बाढीको जोखिममा परी विस्थापित भूमिहीन परिवारहरूको दिगो समाधानका लागि सहजिकरण
यस परियोजनाले बाढीको जोखिममा रहेका गरिब तथा भूमिहीन घरपरिवारहरूलाई बाढी आउनुअघि, बाढी आईरहेको समयमा र आईसकेपछि सरकारी अनुदानमा प्रणालीगत पहुँच पुर्ययाउन र तिनीहरूको उत्थानसिलता सुनिश्चित गरी दिगो समाधान खोज्न सहजीकरण गर्ने लक्ष्य लिएको छ ।
परियोजना पाँच प्रमुख उपलब्धिहरूमा केन्द्रित छः
- नगरपालिकालाई प्राविधिक सहयोग प्रदान गर्ने ।
- विपद जोखिम न्यूनीकरण र भूमि सम्बन्धी विषय समावेशीकरण गर्नको लागि सहजीकरण
- भूमिहीन समुदायहरूको सेवामा पहुँचको लागि सहयता
- तीन वटै तहका सरकारहरुसँग पौरवी
- भूमिहीनहरूलाई पूर्वानुमानमा आधारित कार्यहरु, विपद् उत्तरदायी सामाजिक सुरक्षा र जलवायु परिवर्तन अनुकूलनका कार्यहरुमा व्यवहारिक समावेशीकरण
प्रतिबद्ध २: नेपालको पहिरो प्रभावित पहाडी क्षेत्रमा विपद पूर्वकार्य तथा पूर्वतयारी
प्रथमतः परियोजनाले गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरू, जोखिममा परेका समुदायहरू र तीन तहका सरकारका प्रमुख सरोकारवालाहरूलाई एकसाथ प्रतिबद्ध भएर काम गर्न संलग्न गराउँछ । यसमा नेपाल सरकारद्वारा निर्धारित निर्देशिका अनुसार न्यूनीकरणको आवश्यकतामा भएका बर्ग दुई र स्थानान्तरण गर्नु पर्ने बर्ग तीन का बस्तीहरूको वर्गीकरण मार्फत निर्णय लिनमा स्थानीय सरकारलाई सहयोग गर्ने काम गर्दछ । यसकासाथै, परियोजनाले पहिरो जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि र पहिरो रोकथामको सुदृढ तयारीका लागि वकालत गर्ने काम समेत गर्दछ ।
साथसाथै परियोजनाले स्थानीय सरकार र जोखिममा रहेका समुदायहरूको क्षमतालाई सुदृढ गर्न पूर्वकार्यहरुको खाका निर्माण गरि र मौसम पूर्वानुमानलाई स्थानीयकरण गर्न पनि सहयोग गर्दछ । यी गतिविधिले विज्ञहरू र अभ्यासकर्ताहरूबीच पहिरोको पूर्वानुमान र पूर्वचेतावनी प्रणालीमा ज्ञान आदानप्रदान गर्नलाई सहज बनाउछन् ।
यसका अतिरिक्त, प्रतिबद्ध परियोजना २ ले नेपालको पहाडी क्षेत्रमा भविष्यमा आइपर्न सक्ने मानवीय संकटको सन्दर्भमा नेपाल सरकारलाई थप राम्रो तयारी गर्नकालागि फराकिलो र विविध विषयहरूमा योगदान पु¥याउने छ । यसले सरकारी सामाजिक सुरक्षा कार्यक्रमहरूको लाभ उठाएर प्रभावकारी पूर्वकार्यको लागि वकालत समेत गर्दछ । परियोजनाले विपद उत्तरदायी सामाजिक सुरक्षा सम्बन्धी ज्ञान, बुझाइ र यस सम्बन्धी प्रमाणहरू समेत संकलन गर्नेछ ।
यी सबै क्रियाकलापहरु मार्फत परियोजनाले नेपालको पहाडी क्षेत्रमा जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिक्रार्यको लागि पूर्वतयारीका विभिन्न अवसरहरू पदर्शन समेत गर्नेछ ।
प्रतिबद्घ – पहिरोको जोखिम घटाउन, बस्ती सुरक्षित गराउन
पहिलोः परियोजनाले स्थानीय तह र प्रकोप व्यवस्थापनसँग सम्बन्धित पक्षहरुलाई पहिरोकोे प्रकोप र जोखिम नक्सांकन गर्न नयाँ उपायहरुको उपयोग गर्दै क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्नका साथै स्थानीय उपभोतmा समितिहरु, निजी ठेकेदारहरु, इन्जिनियरहरु र सम्बन्धित सरोकारवालाहरुलाई चेतना अभिबृद्घि अभियानहरु र विभिन्न कार्यशालाहरुमा समावेश गराई पहिरोको प्रकोप र जोखिम सम्बन्धी ज्ञान÷बुझाई बढाउने छ ।
दोस्रोः परियोजनाले जोखिममा परेका समुदायहरुलाई 3D भौगोलिक नक्साको प्रयोग तथा 3D नमूना पहिरोको प्रदर्शन जस्ता नयाँ प्रविधिमूलक कार्यक्रम मार्फत भौतिक प्रकोपको पहिचान गर्न तथा सुदृढरुपमा भू–उपयोग कसरी गर्ने र पहिरोको जोखिम न्युनीकरण गर्ने उपायहरु सम्बन्धी ज्ञान बढाउदै व्यवहारिक रुपमा जोखिम–सूचित योजनालाई स्थानीय तहको योजनामा समावेश गर्नलाई सहायता गर्नेछ ।
तेस्रोः यस परियोजनाले राष्ट्रिय तहमा पहिरोको प्रभावकारी व्यवस्थापन सम्बन्धी वकालत तथा चेतना अभिवृद्धि गर्नका साथै सोही सम्बन्धी स्थानीय तहसँग सूचना आदन–प्रदान र एक–आपसलाई सहयोग गर्न प्रोत्साहन गर्नेछ । थप रुपमा परियोजनाले पहिरोको व्यवस्थापन सम्बन्धी नयाँ र अनुकरणीय अभ्यासलाई मुख्य विषय बनाउँदै स्थानीय अनुभव, चुनौती र अवसरहरुमा केद्रित रहेर राष्ट्रिय तहमा कार्यक्रम गर्नेछ ।
यी नतिजाहरुको माध्यमबाट परियोजनाले पहिरो व्यवस्थापनको लागि एक नयाँ नमुना तयार गर्नेछ, जुन नेपालका अन्य पहाडी क्षेत्रहरुमा पनि अपनाउन सकिने र किफायती नमुना हुनेछ ।
हाम्रो घर
पिन र यसका कन्सोर्टियम साझेदारहरूले एउटा समुदायबाट सञ्चालित पुनर्निर्माण कार्यक्रमको प्रस्ताव राखेका छन् जसले सामाजिक तथा प्राविधिक सहायता प्रदान गरी पुनर्निर्माणमा देखिएका पारिवारिक र सामुदायिक स्तरका अवरोधहरूलाई सम्बोधन र न्यूनीकरण गर्नेछ । कार्यक्रमअन्तर्गत दिइने सहयोग निम्न प्रकार हुनेछन् – ईन्जिनियर, निर्माणकर्ता र प्रशिक्षकहरूबाट प्राविधिक परामर्श र रोजगारीमुलक तालिम; कुशल डकर्मी र सिकर्मीहरूको व्यवस्था; दुर्गम क्षेत्रहरूमा निर्माण उपकरण तथा सामग्री र यातायात लागत अनुदान; समुदाय पुनर्निर्माण समुहहरूको माध्यमबाट श्रम आदानप्रदानको सुविधा । पुनर्निर्माणको प्रगति र जनताका आवश्यकता आधारमा लक्षित स्थानहरूको चयन गरिनेछ र राष्ट्रियपुनर्निर्माण प्राधिकरणका निर्देशिकाहरू बमोजिम जोखिमयुक्त परिवारहरूलाई प्राथमिकता दिइनेछ।
दिगो समाधान
लाभग्राहीहरूलाई सम्बन्धित नीतिहरूको बारेमा पर्याप्त जानकारी गराइने, परिवारहरूसँग सरकारले तयारगरेका समाधानहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक कागजातहरू दिलाइने, र स्थानान्तरण कार्यक्रममा नामांकित् हुन र ग्रामीण आवास पुनर्निर्माण अनुदानको लागि आवेदन दिन सहयोग दिलाइने कुरा कन्सोर्टियमले सुनिश्चित गर्नेछ । यो कामको व्यवस्थापन सुरक्षित डाटा व्यवस्थापन प्रणालीमार्फत्गरिनेछ । यसका साथै, स्थानान्तरणन पछि प्रभावितहरूको जीवन सहज बनाउनको लागि हामी विस्थापित र पुनर्स्थापित परिवारहरूको प्रकोपबाट उभ्रिने क्षमता बढाउन प्रयत्नरत रहनेछौं । यो ‘उनकोसुरक्षा’ प्रशिक्षणको माध्यमबाट गरिनेछ, जसले महिलाहरूलाई आफ्ना सुरक्षासम्बन्धित आवश्यकताहरूको सम्बोधन गर्न सहयोग गर्नेछ । यसअन्तर्गत (ज्यादातर महिला सदस्य भएका) सुरक्षा समितिको गठन र यौन र प्रजनन् स्वास्थ्य, लैंगिक र यौन हिंसा, सुरक्षित वैदेशिक रोजगारी,वित्तीय व्यवस्थापन, मनोवैज्ञानिक स्वास्थ्य र सशर्त नगद अनुदानका लागि प्रशिक्षण पर्दछन् ।
भूकम्पबाट विस्थापित भएका घर धुरिका लागि सहयोग
परियोजनाबाट १,५०० व्यक्तिहरू लाभान्वित भए । ती व्यक्तिहरूले कार्यक्रम निर्माणका लागि नगद, प्राविधिक प्रशिक्षण तथा सुक्ष्म नगद अनुदान, र आजीविका पुनरुत्थानका लागि जिन्सी वा जाडोयामको तयारीको लागि सहयोग प्राप्त गरे । विशेषगरी महिलाहरू प्रत्यक्ष लाभान्वित भए। आजीविका पुनरुत्थान सहयोग (नगद अनुदान) पाउनेहरू सबैभन्दा अप्ठ्यारोमा परेका परिवारहरू(विशेषगरी आइडीपी शिविरमा बसेकाहरू र फर्केर आएकाहरू) थिए ।
दीगो समाधानहरूको समर्थन
पिनको सुरक्षा रिमले यौन र प्रजनन स्वास्थ्य, लैंगिक र यौन हिंसा, सुरक्षित वैदेशिक रोजगार, वित्तीय व्यवस्थापन र भावनात्मक सुस्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गर्यो । तालिमको एक हिस्साको रूपमा समितिले विशेषगरी महिलाहरूसम्बन्धित सुरक्षालाई मध्यनजर गर्दै उनीहरूको समुदायमा रहेका जोखिमहरूको मापन गर्यो । जोखिमहरूको पहिचान भएपछि समितिहरूलाई तिनको समाधानको कार्यान्वयन गर्न साना नगद अनुदानहरू दिइयो ।
उन्नत गोरेटो
परियोजनाले दुर्गम हिमाली गाउँहरूका जोखिमपूर्ण इलाकाहरूमा १२५ किलोमिटर भन्दा बढी गोरेटो बाटोहरू, ९वटा फुटब्रिजहरू (पैदल यात्रीका लागि पुल), १५वटा विश्रामस्थालहरू र कम्तिमा ८०० मिटर ह्यान्डरेल पुनःनिर्माण गर्यो जसअन्तर्गत २,००० भन्दा बढी स्थानीयहरूले रोजगारी पाए । स्थानीय समुदायले रोजगारी मार्फत £१० लाख (युके पाउण्ड) भन्दा बढी रकम आर्जन गरे । यस परियोजनाले स्थानीय बासिन्दाहरूलाई अस्थायी रोजगारी प्रदान गर्यो, उनीहरूको स्थानीय अर्थव्यवस्थालाई पुनर्जीवित गर्न मद्दत गर्यो र सम्पूर्ण क्षेत्रको पहुँचमा सुधार ल्यायो। स्थानीयहरू आफ्ना घरको पुनर्निर्माण, जीविकोपार्जन र बालबालिकाको शिक्षामा लगानी गर्न सक्षम भए ।
चेक रेडियो राहत तथा पुनर्निर्माण कार्यक्रम
चेक रेडियो फाउन्डेशनको आर्थिक सहयोगमा बरुवा गाउँमा नयाँ विद्यालय निर्माण भइरहेको छ। यस गाउँका सबै पाँच विद्यालयहरू भूकम्पमा नष्ट भएका थिए र ती अहिले अस्थायी शिक्षा केन्द्रहरू (टेम्पोरेरी लर्निंग सेन्टर्स/टीएलसी) अन्तर्गत चलिरहेका छन् । यसले समुदायका बालबालिकाले पाउने शिक्षाको गुणस्तरमा नराम्रो प्रभाव पारेको छ । अधिकतर विद्यार्थी पुग्न कठिन ठाउँका अन्य विद्यालयहरूमा जाने गरेका छन् । निर्माणाधीन गणेश बेसिक स्कूलले यस अन्तरलाई कम गर्न मद्दत गर्नेछ । विद्यालयको भवन निर्माणका लागि स्थानीय व्यक्तिहरू परिचालन गरिएको छ । भवन भूकम्प प्रतिरोधी हुनेछ र साथै विद्यालयलाई पर्याप्त कक्षाकोठा र फर्नीचर - डेस्क, बेन्च, काला/सेता बोर्ड, अफिस फर्नीचर र कुर्सीहरू - प्रदान गरिनेछ ।
पिनले प्रत्यक्ष रूपमा स्थानीय सरकारहरू र सामुदायिक समूहहरूसँग पुनर्निर्माणसम्बन्धित कार्यहरू गर्दछ; साथै उनीहरूलाई परेको बेला आवश्यक प्रशिक्षण र प्राविधिक सहयोग प्रदान गर्दछ । यसबाहेक पिनले समुदायहरूलाई प्रकोप जोखिम न्यूनीकरणका लागि प्रशिक्षण दिने गर्दछ र प्राविधिक परामर्श प्रदान गर्दछ । पिनले कृषि, पशुपालन, गलैंचा उत्पादन, र धातुका काम जस्ता विभिन्न पेशाहरू फस्टाएको हेर्न चाहन्छ । साथै यी पेशाहरूलाई चाहिने महत्वपूर्ण उपकरण र मेशिनहरू प्रतिस्थापित गरेर कार्यक्षमतामा सुधार र आवश्यक परेमा थप प्रशिक्षण दिने उद्देश्य राख्दछ ।