हाम्रो बारे

हाम्रो बारे

© Foto: सजना श्रेष्ठ

पिपुल इन नीड (पिन)को शुरुवात वैशाख १२, २०७२ मा नेपालमा गएको भूकम्पपछिको मानवीय सहयोग तथा प्रतिकार्यको रूपमा भएको हो । ७.८ रेक्टर स्केलको सो भूकम्प विगत ८० वर्षकै सबैभन्दा विनाशकारी भूकम्प साबित भयो । त्यसमा झण्डै ९,००० मानिसको मृत्यु भयो भने २२,००० मानिसहरू घाइते भएका थिए। प्रकोपलगत्तै पिनले सबैभन्दा पीडितहरूलाई आपतकालीन सहायता प्रदान गर्‍यो र जाडोयामको तयारी गर्न विस्थापितहरूलाई सहयोग गर्यो l पिनअन्तर्गत हामीले पूर्वाधार पुनःस्थापनामा पनि मद्दत गर्यौं र गोरखा र सिन्धुपाल्चोकमा स्थानीय समुदायहरूसँग काम गर्यौं जसद्वारा हामी भूकम्पको कारण उत्पन्न भएका सुरक्षासम्बन्धित आवश्यकताहरूको सम्बोधनमा सहयोग गर्न समर्थ रह्यौं ।

हाम्रा टोलीहरूले सन् २०१६ देखि २०१७ सम्म भूकम्पप्रभावित समुदायहरूलाई प्रकोपका प्रभावबाट उभ्रिन सक्षम बनाउने परियोजनाहरूको निर्माण गरे । तिनैअन्तर्गत हामीले भूकम्प-प्रतिरोधात्मक घरहरूको पुनर्निर्माणमा सहयोग गर्‍यौं र रसुवा र गोरखाका दुर्गम क्षेत्रहरूमा १२५ किलोमिटर गोरेटो बाटाहरूको पुनर्स्थापना गर्यौं । हामीले बालबालिका र किशोरकिशोरीहरूको सुरक्षा, स्वास्थ्यमा सुधार तथा नेतृत्व विकास गर्ने र विद्यालयहरूभित्र लैंगिक संवेदनशीलताको प्रवर्द्धनका लागि विद्यालय-आधारित कार्यशालाहरूको आयोजन पनि गर्यौं l

सन् २०१८ देखि पिनले पहिरोको जोखिममा रहेका जनसंख्याको स्वैच्छिक पुनर्वासको लागि चलिरहको सरकारी प्रयासलाई समर्थन गरिरहेको छ र भूमिहीनका तर्फबाट पैरवी गरिरहेको छ । हामीले सबैभन्दा निस्सहाय भूकम्प पीडितहरूको लागि आवास पुनर्निर्माणका बारे प्राविधिक विज्ञहरूसँग पनि समन्वय गरेका छौं । सन् २०१९ मा पिनले ‘युके एडको गर्ल्स एजुकेशन च्यालेन्ज इनिशिएटिभ’ पहलको रूपमा विद्यालय बाहिर रहेका विवाहित किशोरीहरूका लागि तराईमा आफ्नो पहिलो समावेशी शिक्षा कार्यक्रम शुरू गर्‍यो l

सम्पूर्ण पाठ कम पाठ