दूर अनुगमन, मूल्याकंन तथा सिकाई: कोभिड–१९ को अवस्थामा नेपालका सिमान्तकृत किशोरीहरुका सिकाई अनुभव सङ्गाल्दै

दूर अनुगमन, मूल्याकंन तथा सिकाई: कोभिड–१९ को अवस्थामा नेपालका सिमान्तकृत किशोरीहरुका सिकाई अनुभव सङ्गाल्दै

२६ नोभेम्बर २०२०

आरम्भ परियोजना, रौतहट र बारा जिल्लाका विद्यालय बाहिर रहेका विवाहित किशोरीहरुसँग काम गर्दै आइरहेको छ, जस अन्तर्गत साक्षरता, गणितिय ज्ञान र जीवन उपयोगी सीपहरु सम्बन्धी अनौपचारिक कक्षाहरु सञ्चालन भइरहेका छन् । बेलायती सरकारको गर्लस् एडुकेसन च्यालेन्जको आर्थिक सहयोग रहेको यस परियोजनालाई पिपुल इन नीड (पिन) ले स्थानीय साझेदारी संस्थाहरु मार्फत पाँच वर्षको अवधिभरी कार्यान्वयन गर्नेछ ।

स्थानीय समुदाय र त्यहाँका सामाजिक–सांस्कृतिक अनुभव बोकेका महिला सहजकर्ताहरु नै आरम्भ परियोजना अन्तर्गतको शिक्षण तथा सिकाई प्रकृयाको मूख्य भूमिकामा छन् । समुदाय स्तरमा हुने सम्पूर्ण शिक्षण–सिकार्ईका शत्रहरु यिनै तालिम प्राप्त स्थानीय महिला सहजकर्ताहरुको नेतृत्वमा हुनेगर्दछ । पहिलो वर्षमा आरम्भ परियोजनाले १,७०९ जना १०–१९ बर्षका किशोरीहरुसँग रौतहट र बारा जिल्लाका चार गाउँपालिकाहरुमा अवस्थित ८३ वटा सामुदायिक सिकाई केन्द्र (सी.एल.सी.)हरू मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालका पिछडिएका जातीय वर्ग र समुदाय (३३% मुसलमान, १९% दलित) लाई प्रतिनिधीत्व गर्ने यी किशोरीहरु विभिन्न प्रकारबाट सीमान्तकृत छन् । यी मध्ये ५०% भन्दा बढी किशोरीहरु कहिल्यै पनि स्कुल नगएका र बाँकी भने प्राथमिक वा माध्यमिक तहपछि विद्यालय जान छोडेका किशोरीहरु पर्दछन् । त्यसैगरी, यी सबै किशोरीहरु विवाहित वा गौना गर्न बाँकी छन् भने २.५% किशोरीहरुमा कुनै न कुनै किसिमको क्रियात्मक सीमितता रहेको पाईएको छ ।

“म सिक्नमा रुचि राख्छु, घरमा (अहिलेको अवस्थामा) एक्लै महसुस हुँदा मोबाइलको माध्यमबाट भइरहेको कक्षाले आफूलाई व्यस्त राख्न मदत गरेको छ । यो मोबाइल मलाई मेरो अमी (सासु) र अबा (ससुरा)ले दिनुभएको हो, यसलाई म मेरो आवश्यकता अनुसार प्रयोग गर्न सक्छु ।”– कहिल्यै स्कूलमा नगएकी मुस्लिम किशोरी, १९ वर्ष, २ बर्षे बच्चाको आमा

सामान्यतया किशोरीहरु प्रत्येक दिन आ–आफ्नो सामुदायिक सिकाई केन्द्रमा १५–२० जनाको समूहमा जम्मा भई कक्षाहरु लिने गर्थे । तर कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीबाट बच्न नेपाल सरकारले १० चैत्र २०७६ देखि देशव्यापी रुपमा गरेको लकडाउनका कारण सामुदायिक सिकाई केन्द्रहरु पनि बन्द भए । तसर्थ, शिक्षण–सिकाईलाई पूर्णरुपमा अबरुद्घ हुन नदिन र किशोरीहरुलाई सहयोग पु¥याउन आरम्भ परियोजनाले वैकल्पिक विधीको परिक्षण गरी मोबाइल फोन प्रयोगबाट दूर शिक्षण–सिकाई विधी अवलम्बन गर्न सुरु गर्याे । इन्टर्नेट सुविधाको शून्य र न्युन पहुँच रहेको उक्त समुदायमा सामान्य मोबाइल फोनको प्रयोगबाट मात्रै दूर शिक्षण–सिकाई विधी कार्यान्वयनको सम्भावना थियो ।

सुरुवातमा, कार्यक्रम कार्यान्वयन टोलीलाई लक्षित गरी “दूर शिक्षण–सिकार्ई विधी मार्गनिर्देशन” तयार पारिएको थियो, जसले वर्तमान अवस्थामा शिक्षण–सिकार्ई विधीको कार्यान्वयनमा दिशा–निर्देश गर्यो। यससँगै, गर्लस् एडुकेसन च्यालेन्जको “कोभिड–१९को सन्दर्भमा किशोरीहरुसँग सम्पर्कमा रहनेबारे मार्गनिर्देशन” लाई आधारमा राखी सेफगार्डिङ्ग दिशानिर्देशको विकास, सम्भावित जोखिमहरूको विश्लेषण, कार्यान्वयन टोलीको लागि क्षमता विकास योजना र पाठ योजनाहरूको संशोधन समेत गरिएको थियो । यसका साथै, रेकर्र्डिङ्ग/रिपोर्टिङ्गका प्रकृया र दूर अनुगमनका लागि गुणस्तर मापक चेकलिस्टको तयारी पनि गरिएको थियो । 

“दूर शिक्षण–सिकार्ई विधी मार्गनिर्देशन” अनुरुप, सर्वप्रथम, यस सिकार्ई विधीमा समेटिन सकिने सम्भावना भएका किशोरीहरुको एक सूची तयार पारियो । यस अन्तर्गत, टेलिफोन ट्रयाकिंग र आन्तरिक अनुगमनबाट संकलन गरिएको प्रारम्भिक तथ्याकंको आधारमा आफ्नै मोबाइल फोन भएका वा आफ्नो कुनै परिवारको सदस्यको मोबाइल फोनमा पहुँच भएका किशोरीहरुको सूची तयार गरियो । मोबाइल फोनको पहुँच नभएका किशोरीहरुको लागि भने परियोजनाले नेपाल सरकारद्धारा निर्देशित गरिएका सुरक्षाका उपायहरु अपनाएर सानो समुहमा शिक्षण सिकाई विधी अवलम्बन गर्ने योजना गरेको छ । दूर शिक्षण सिकाईका क्रममा किशोरीहरुसँगै उनका परिवारहरुको सहमति समेत अनिवार्य गरिएको थियो । परियोजनामा आबद्घ सबै किशोरीहरुलाई यो वैकल्पिक शिक्षण सिकार्ई विधिमा समावेश गर्नुभन्दा पहिले किशोरीहरुको सानो समुहमा यसको पायलटिंग गरिएको थियो । 

पायलटिंगको कार्यान्वयन पश्चात दूर शिक्षण सिकार्ईको सम्भाव्यता निर्धारण गर्ने उद्घेश्यले फोनमा भएका शिक्षण शत्रहरुमा किशोरीहरुको उपस्थिति, सेफगार्डिङ्ग/संरक्षण सम्बन्धीको अवस्था र आन्तरिक अनुगमनबाट संकलित बिभिन्न तथ्यांकहरुको विश्लेषण गरिएको थियो । यी तथ्यांकहरुको विश्लेषणसँगै किशोरीहरु, परिवारका सदस्यहरु जस्तै श्रीमान्, सासु, ससुरा आदि र सहजकर्ताहरुसँग फोनमा अन्तरवार्ता पनि लिइयो, जसले वैकल्पिक शिक्षण सिकार्ई विधिको मूल्याकंनमा महत्वपूर्ण योगदान पु¥यायो । यो पायलट मुख्यतः प्राविधिक मार्गनिर्देशनलाई अनुकूलन गर्न, शिक्षण योजनालाई सुक्ष्म–योजनाहरूमा परिमार्जन गर्न र अनुगमन, मुल्यांकन, जवाफदेहीता र सिकार्ई सम्बन्धीका उपकरण र टेम्प्लेटहरू अद्यावधिक गर्नको लागि महत्वपूर्ण रह्यो । यसबाट सहजकर्ताहरु, किशोरीहरु र उनका परिवारका सदस्यहरुको विचार र अनुभवहरू समेत बुझ्न मद्घत गर्यो । आरम्भको शिक्षण र सिकार्ई प्रणालीले तीन प्रमूख रणनीतिहरुलाई अनुसरण गर्दछः अनुभवात्मक सिकाई, साथी–साथीहरू बीचको सिकार्ई र क्रमिक सिकार्ई बृद्धि । यसर्थ, सिकार्ई मूल्यांकन प्रणालीले पनि पाठ्यक्रमको विषयवस्तुको साथसाथै सिक्ने र सिकाउने प्रक्रियामा किशोरीहरुको सहभागितालाई पनि आधारका रुपमा लिनेगर्छ ।

हाल संचालित दूर शिक्षण सिकाईमा सहजकर्ताद्धारा हप्तामा ३ शत्रहरुहरु मार्फत् किशोरीहरुलाई शिक्षण सिकाई गराउने गरिएको छ । हरेक किशोरीलाई मोबाइल फोनबाट सम्पर्क गर्दा हप्तामा औसत ३० मिनेट फोन कलको अवधि हुने गरेको छ । सहजकर्ताहरूले प्रत्येक पाठ पूरा भएपछि किशोरीहरुको सिकाईलाई मूल्यांकन गर्छन् । यस सिकार्ई मुल्यांकनको आधारहरु भनेका – किशोरीहरुलाई दिइएको कार्यहरुमा उनीहरुको सहभागिता, दूर शिक्षण सिकाईमा उनीहरुको संलग्नताको स्तर र सहजकर्ताको सुझाव तथा मुल्यांकनहरु हुन् । सहजकर्ताले मूल्यांकन गर्दा यस विधीबाट भएका र सामुदायिक सिकाई केन्द्र मार्फत् संचालन भएका कक्षाहरुबाट हुने किशोरीहरुको तुलनात्मक सिकाई तथा सिहभागितालाई पनि आधार मान्छन् ।

“म हरेक अध्याय सकाएपछि किशोरीलाई गृहकार्य दिने गर्दछु । मौखिक रूपमा दिइएको अभ्यासको जवाफ उनीहरूलाई कक्षाको भोलिपल्ट सोधेर गृहकार्य जाँच गर्ने गर्दछु । सी.एल.सी.मा हुँदा उनीहरूको हात समातेर सिकाउन र उनीहरूको गल्तिलाई सच्याउन सजिलो हुने गर्दथ्यो भने अहिेले उनीहरूको जवाफ र गृहकार्य मौखिक रूपमा जाँच गर्न अलि गाह्रो हुने गरेको छ । किशोरीलाई सहयोग गर्न घरमा कुनै पनि शिक्षित सदस्य नभएको र अध्ययनमा कमजोर किशोरहरुको हकमा भने उनीहरुलाई गृहकार्य गर्न र सिक्न गाह्रो हुने गरेको छ ।” –३३ वर्षिया सी.एल.सी. सहजकर्ता  

अनुगमन तथा सेफगार्डिङ्गको संयुक्त टोलीले कार्यक्रमसँगको समन्वयमा, दुर सिकाई दिशानिर्देशिकाद्वारा अनिवार्य गरिएका आधारभूत गुणस्तर र सुरक्षाका उपायहरू पूरा भइरहेका छन् वा छैनन् भन्नेबारे प्रक्रिया अनुगमन गरी सुनिश्चित गर्दछ । यसका लागि संयुक्त गुणस्तर अनुगमन चेकलिस्टको प्रयोग गरिन्छ । दुर अनुगमनको क्रममा यस टोलीले सिकाई तथ्याङ्कको साथसाथै किशोरी, सहजकर्ता र किशोरीका परिवारहरूबाट उनीहरूको अनुभव र विचारहरूलाई निरन्तर रुपमा समेट्नको लागि गुणात्मक तथ्याङ्कहरुको समेत संकलन गर्दछ । दुर अनुगमनको क्रममा प्राप्त निष्कर्षहरूलाई अनलाइन प्लेटफर्महरू मार्फत आन्तरिक र साझेदार संस्थासँगको साप्ताहिक बैठकहरूमा छलफल गर्ने गरिन्छ । अत्यन्त महत्वपूर्ण मुद्दा र विषयहरू (जस्तैः सुरक्षा र संरक्षण सम्बन्धी) लाई आवश्यक पर्ने सहयोग र रेफरलको लागि तुरून्त सम्बन्धित व्यक्ति÷हरू समक्ष खबर गरिन्छ । 

आरम्भ परियोजनाले दूर शिक्षण सिकाईको बेला फोनमा कुराकानी हुँदा किशोरी र उनीहरुका परिवारहरूलाई कोभिड–१९ को रोकथाम तथा उपायहरू, सामुदायिक सुझाव र प्रतिक्रिया संयन्त्र, निःशुल्क टेलिफोन मार्फत प्रदान गरिने मनोवैज्ञानिक परामर्श सेवाहरू बारे र अन्य महत्वपूर्ण जानकारीहरु दिने गरेको छ । अनुगमन र मूल्यांकन विभाग र सेफगार्डिङ्ग विभागद्धारा निर्मित संयुक्त गुणस्तर मापक चेकलिस्टले यस्ता जानकारीहरु किशोरी र उनीहरुका परिवारहरू समक्ष कसरी पुगिरहेका छन् र यस्ता सूचनाहरु कसरी प्रदान हुने गरिएको छ भन्नेबारे मूल्यांकन पनि गर्दछ र त्यसको साथसाथै सहजकर्ताहरूसँगको प्रत्यक्ष कुराकानी मार्फत् नियमित दूर अनुगमन गर्ने गरेको छ ।  

किशोरीहरूको विषयगत सिकाई र उनीहरुको हरेक पाठमा भइरहेको सिकार्ई प्रगतिबारे सहजकर्ताहरुको मुल्यांकनलाई समेत समाहित गर्ने गरि सिकार्ई मूल्यांकन ग्रिड र निर्देशिकाहरूको डिजाइन गरिएको छ । यस्तो संयत्रले परियोजनालाई किशोरीहरुको विषेश आवश्यकता र सहयोग (जस्तैः रिभिजन कक्षा) तथा संभावित चूनौती र कठिनाईहरुको पहिचान गर्नमा मद्दत पुगेको छ । उदाहरणको लागि, बच्चालाई हेनुपर्ने जिम्मेवारीको कारण सामुदायिक सिकाई केन्द्रमा प्रत्यक्ष सहभागी हुन नसकेका किशोरीहरू अब मोबाइल फोन मार्फत् संचालन हुने सिकाईमा सक्रिय रूपमा सहभागी भइरहेका छन् । किशोरीहरूको फरक फरक सिकार्ई अनुभवहरुको मूल्यांकन र किशोरीको आवश्यकता अनुसारको लक्षित सहयोग प्रदान गर्नको लागि तथ्यांकहरुको समग्र विश्लेषण मात्र नभई विभिन्न समूह र विशेषताहरु ध्यानमा राखी वर्गिकृत विश्लेषणहरु गर्ने गरेको छ ।

दूर अनुगमन, मूल्यांकन र सिकाईलाई जारी राख्नको लागि परियोजनाद्धारा अनुगमन प्रणाली डिजाइन गरिएको छ जसले कोभिड–१९ महामारीको समयमा अपनाइएका पद्धति र उपायहरुको गुणस्तर र प्रयोगको अवस्थाबारे अनुगमन गर्दछ । यस अनुगमन प्रणालीले हरेक प्रतिफलको गुणस्तर सम्बन्धी अनुगमनका पक्षहरुलाई लैंगिक र सामाजिक समावेशीकरण, सेफगार्डिङ्ग र संरक्षण तथा विषयगत डेलिभरीको दृष्टिकोणबाट समेटेको छ । यसले गुणस्तरसम्बन्धी दूर अनुगमनको पक्षलाई समेत समेट्दछ । त्यसैगरी, नियमित दूर शिक्षण सिकाई बाहेक यस परियोजना अन्य क्रियाकलापहरुमा समेत संलग्न भएको छ, जस्तै– क) किशोरी र उनीहरूका परिवारहरू र समुदायहरूलाई कोभिड–१९ सम्बन्धित तथा अन्य आवश्यक रेफरल सेवाहरु र सहयोगको साथै अन्य आकस्मिक सेवाहरुको बारेमा जानकारी प्रदान र ख) स्थानीय सरकारलाई शैक्षिक आकस्मिक योजना निमार्ण र यसको कार्यान्वयनमा प्राविधिक सहयोग । हरेक महिना परियोजनाको सूचक अनुसारको प्रगति ट्रयाकिङ्ग तालिका मार्फत ट्रयाकिङ्ग गर्ने गरिन्छ । यसको साथसाथै परियोजनाले आन्तरिक बैठक, साझेदार संस्थाहरु , डोनर, बाह्य अनुगमनकर्ता र अन्य गर्लस् एडुकेसन च्यालेन्ज साझेदारहरू सँगको विभिन्न बैठकहरु मार्फत् परियोजनाको कमी–कमजोरी, चूनौती र सिकाईहरुबारे समीक्षा गर्दछ ।

लेखक: पिपुल इन नीड