नेपालमा महिलाको उपलब्धिहरू मनाउँदै

प्रकाशित १७ अप्रिल २०२० पढ्न लाग्ने समय 3 मिनेट
नेपालमा महिलाको उपलब्धिहरू मनाउँदै
© Foto: सजना श्रेष्ठ

डिसेम्बर ६ र ७ मा, नेपालको जनकपुर शहरमा नेपालले पनी विश्व महिला महोत्सव (Women of the World- WOW) को मधेश संस्करणमा भाग लिएको थियो ।

विश्व महिला महोत्सवको (WOW Madhesh) मधेश संस्करण महिलाको उपलब्धिहरुलाई प्रदर्शन गर्ने एक विश्वव्यापी आन्दोलन हो ।

ब्रिटिश काउन्सिलद्वारा आयोजना गरेको उक्त उत्सव लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा केन्द्रित थियो र कार्यशाला, प्यानल छलफल, बहुसञ्चार (मल्टिमेडिया), नाटक प्रदर्शन, र सल्लाह सुझाव कार्यक्रम मार्फत यस क्षेत्रका मानिसहरूले सामना गरिरहेका साझा विकासका केही मुद्दालाई यस उत्सवले सम्बोधन गरेको थियो । छलफलमा महिलाको यौन र प्रजनन स्वास्थ्य अधिकारहरू, महिनावारी स्वास्थ्य, र आत्मरक्षाका मुद्दाहरूले प्रमुखता पाएका थिए । मिथिला क्षेत्रको अनुपम संस्कृतिले उत्सवको जीवन्ततामा योगदान पुर्यायो।

जनकपुरको हिन्दू धार्मिक स्थल जानकी मन्दिरमा महोत्सवको क्रममा नेपालमा विकासका लागि समर्पित विभिन्न संगठनहरूले आफ्ना कार्यहरू प्रदर्शन गरे र उनीहरूका दृष्टिकोण आदान प्रदान गरे । पिपुल इन नीडले युके एडको  Girls’ Education Challenge को  सहयोग अन्तर्गत पञ्च वर्षे ‘आरम्भ परियोजना’ प्रदर्शन गरे। पिन स्टलमा आएका आगन्तुकहरू यस संस्थाले कसरी काम गर्छन् र पिन नेपालमा यो परियोजना कसरी सञ्चालन गरेको भन्ने बारेमा जान्न उत्सुक थिए ।

जानकी मन्दिरमा रहेको पिन स्टललाई फोटोहरूले सजाइएको थियो जसले साना केटी र केटाहरूलाई शिक्षामा डुबेको देखाउँदछ । यी तस्विरहरुले पिन प्रदर्शनको लागि मुख्य विषयः किशोरीहरूको रूपमा विवाह गरेका समान्यतया विद्यालय उमेर समुहका केटीहरूको लागि शिक्षाको महत्वलाई प्रमुखताको साथ प्रदर्शन गरेको थियो । तस्बिरहरूले समानताको सिद्धान्तको प्रदर्शन गर्दै, विद्यालयका केटीहरू र केटाहरू सँगै मिलेर काम गर्ने र सिकेको आनन्दित अनुहारमा प्रतिबिम्बित गरेको थियो । ती तस्विरहरु विशेष गरीे आफना समुदायमामा सकारात्मक परिवर्तन ल्याउन राम्रो शिक्षा प्राप्ति र सिप विकासका लागि इच्छुक रहेको विवाहित केटीहरूवाट प्राप्त भएको थियो ।

“मैले साना भन्दा साना कुराका लागि सम्झौता गर्नुपर्यो । मलाई साह्रै नराम्रो लाग्छ कि जवान केटीहरू र केटाहरूले अझै पनि सम्झौता गरिरहेछन् जस्तो कि मैले गरे” स्टलमा आएका एक ५५ वर्षीया महिलाले भनिन। “मलाई खुशी लाग्छ कि तपाईंसँग ससुराली बुहारीहरूलाई शिक्षित पार्नु र तिनीहरूलाई सांसारिक तरिकाहरूका बारे सचेत गराउनका लागि कार्यक्रम छ । यी छोरीहरु भाग्यमानी हुनुपर्दछ । मलाई तपाईले (स्टल) सजाउने तरिका पनि मनपर्यो ।”

स्कूलमा पिनले गरिरहेको कामको बारेमा थाहा पाएपछि स्टलमा भ्रमण गरेका धेरै केटीहरू र केटाहरूले उनीहरूलाई पाँचौ कक्षा पछि आफ्नो लैङ्गिकताको आधारमा छुट्टा छुट्टै कक्षामा पढाइएको बताए। अर्का आगन्तुक, १६ वर्षीया किसोरीले भनीन् कि, “हामी प्रख्यात विद्यालयमा विद्यार्थी भएकोले शिक्षकहरूले हामीलाई अध्ययनमा हाम्रो एकाग्रता बढाउन र वेवास्तालाई रोक्नको लागि छुट्टै गरिएको बताएका थिए । हामीलाई लाग्छ यो राम्रो छ तर केटाहरू संग कक्षा कोठा साझा गर्नु पनि चाखलाग्दो छ ।

पिन नेपाल कर्मचारीका लागि त्यो उत्सव जनकपुर र अन्य क्षेत्रका मानिसहरूसँग धेरै सार्थक छलफल गर्न र यस संस्थाको लैङ्गिक सामानता र शिक्षा कार्यक्रमको व्याख्या गर्न राम्रो अवसर थियो ।

पिनले सरकारी अधिकारीहरू र गैरसरकारी निकायका प्रतिनिधिहरूबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरे, जसले देशका अन्य दुर्गम भागहरूमा यस प्रकारका कार्यक्रमहरू विस्तार गर्न चाहान्थे । पिनले ब्रिटिश काउन्सिल, डिएफआइडी, राष्ट्रिय मानव अधिकार आयोग, सेलिब्रेटीहरुका साथै शिक्षक, विद्यार्थी र अन्य नागरिक समाजका कार्यकर्ताहरु तथा प्रतिनिधिहरु पाउँदा खुशी भए । विश्व महिला महोत्सव (WOW) जस्ता क्रियाकलापहरूले तल्लो तहमा भइरहेको प्रगति प्रदर्शन गर्न र थप सकारात्मक सामाजिक परिवर्तनलाई प्रोत्साहित गर्दछ ।

Autor: जेनिशा तुवानबाशु, आरम्भ परियोजना, परियोजना संयोजक

सम्बन्धित लेखहरू