“अब मेरो भान्छा कोठा र सुत्ने कोठा छुट्टा छुट्टै हुनेछन्।,” भक्त बहादुर, नेपालमा भूकम्प आएको तिन वर्षपश्चात् बनेको आफ्नो नयाँ घरलाई हेर्दै भन्नुहुन्छ।

प्रकाशित ११ फेब्रुअरी २०१९ पढ्न लाग्ने समय 4 मिनेट
“अब मेरो भान्छा कोठा र सुत्ने कोठा छुट्टा छुट्टै हुनेछन्।,” भक्त बहादुर, नेपालमा भूकम्प आएको तिन वर्षपश्चात् बनेको आफ्नो नयाँ घरलाई हेर्दै भन्नुहुन्छ।
© Foto: सजना श्रेष्ठ

"हामी कोठाको एकापट्टि आगो बाल्ने गथ्र्याै अनि गह्रौ र बाक्लो ओढ्नेले आफूलाई ढाकेर जाडोमा सुत्ने गथ्र्याै", – ७१ वर्षीया भक्त बहादुर प्रजा जो आफ्नो एकमात्र छोरीको पनि विवाह भएपछि एक्लै बस्नुहुन्छ, उहाँले बताउनुभयो । उहाँको घर चितवन जिल्लाको ईच्छाकामना गाउँपालिकाको दुम्किन गाउँमा थियो र त्यहाँ पुग्न लगभग तिन घण्टा ठाडो कच्चि सडकको बाटोमा बसबाट यात्रा गर्नुपर्दछ। उहाँको उक्त घर वि.सं. २०७२ सालको भुकम्पमा पूर्ण रुपमा तहसनहस भएको थियो। नयाँ घर निर्माण गर्नको लागी पर्याप्त स्रोतको अभाव भएपछि भक्त बहादुरसँग आफूले पालन गरेका बाख्रासंगै ति बाख्राको अस्थायी गोठमा बस्नु बाहेकको अन्य कुनै विकल्प थिएन। उहाँले आफ्ना बाख्रासंग सात महिनासम्म तिन वटा फरक फरक गोठमा संगै गुजारा गर्नुभयो। आवासको लागी आफ्नो आधारभूत आवश्यकता पूरा गर्न उहाँले अन्ततः बाँस, काठ र जुटको प्रयोग गरेर एक अस्थायी झोपडी बनाउनुभयो।

वि.सं. २०७२ को भूकम्पले नेपालमा व्यापक क्षति पुर्यायो। लाखौँ घरहरु ध्वस्त भए। प्रकोप भएको तीन वर्षपछि पनि केही व्यक्तिहरुले अझैसम्म पूर्ण रुपमा आफ्नो आवास पुनर्निर्माण गर्न सकेका छैनन्। निर्माण हुन नसक्नुका कारणहरु प्राविधिक सहयोगको अभाव, दक्ष मानव संसाधनको अभाव, पर्याप्त निर्माण समाग्री उपलब्ध नहुनु र भएपनि सीमीत पहुँच हुनु, सामान ढुवानीमा बढ्दो लागत र नयाँ घरहरुकोे पुनर्निर्माण सम्बन्धि सरकारको नियमहरुको पालना गर्न बासिन्दाहरु असक्षम हुनु रहेका छन्।

सरोकारवालाहरुको लागी मानव संसाधन, सामाग्री र प्राविधिक सहयोग

यी चुनौतीहरुकाृ सामना गर्न, पिपुल इन नीड (पिन) ले बेलायती सहयोगी निकाय (युके एड) को आर्थीक सहयोगमा ‘हाम्रो घर परियोजना’ सुरु गर्यो। पिनले फेज नेपाल, स्कट विल्सन नेपालबिल्ड चेन्ज जस्ता संस्थाहरुसंगको साझेदारीमा कन्सोर्टिएम पार्टनरको रुपमा नेपाल राष्टिय पुनर्निर्माण प्राधिकरण जुन भुकम्प पश्चात २०२० सम्म सम्पूर्ण घरहरुको पुनर्निर्माणको कार्य सफल पार्न गठन गरीएको एक सरकारी निकाय हो। यस परियोजनाले कुशल मानव संसाधन, प्राविधिक सहयोग, निर्माण सामाग्री र उपकरणहरु, दुर्गम क्षेत्रहरुको लागी अनुदान प्राप्त यातायात लागत र आवास अनुदान प्राप्तिमा सहयोग गर्ने गर्दछ। यी सबै सहयोगहरु पुनर्निर्माणको गति बढाउन र कोही कसैलाई पनि पछाडी नछोड्नका लागी डिजाइन गरीएको हो। 

“उनीहरुले बताए कि यो मेरो घर हो, र मैले यो कसरी निर्माण हुँदैछ भन्ने बुझ्नु जरुरी छ। तर मैले तिमीहरुलाई जस्तो मन लाग्छ त्यस्तै गर भनेँ।”, भक्त बहादुर ठट्टा गर्दै भन्नुहुन्छ। आफ्नो नयाँ घरतिर इशारा गर्दै उहाँले थप्नुभयो कि “अब मेरो भान्छा कोठा र सुत्ने कोठा छुट्टाछुट्टै हुनेछन्।” यस अघि मेसन र सिकर्मीको काम गरीसकेका भक्तले अब आफ्नोे खेतमा मकै, कोदो, धान र तोरी उत्पादन गर्ने र बाख्रा पालेर जीवीकोपार्जनको लागी आम्दानी गरीरहेका छन्। 

पिनका फिल्ड अफिसर क्रिजा ह्योजू कसरी आवास लाभग्राही छनौट गरीन्छ भन्ने बारे वर्णन गर्नुहुन्छ: “शारीरिक विकलांगता र शून्य आर्थिक क्षमता भएको व्यक्तिले घर बनाउने सर्वाेच्च प्राथमिकता पाउँछ।तर हामी लाभग्राही छनौट गर्दा सामाजिक जोखिमलाई पनि एक अतिरिक्त मापदण्डको रुपमा विचार गर्दछौँ।” 

१८,५०५ अत्याधिक जोखिममा रहेका परिवारहरु 

पुनर्निर्माणमा सहयोगको आवश्यकता पर्ने अझै पनि धेरै परिवारहरु छन्। भूकम्पबाट प्रभावित ३२ जिल्लाहरुबाट नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १८,५०५ परिवारलाई विशेष जोखिममा रहेको पहिचान गरेको छ। भूकम्प पश्चात, हेपचेकमा रहेको एक बस्ती जोखिममा पर्यो, जब त्यस पहाडमा चिराहरु पर्न थाले र अचानक पहिरोहरु झर्न थाले। प्राधिकरणले त्यसपछि उक्त बस्तीलाई असुरक्षित रहेको भनी बस्न अयोग्यमा चिन्ह लगायो र सम्पूर्ण बस्तीलाई खाली गर्न अनुरोध गर्यो।

वर्ग ३ अन्तर्गत सूचिबद्ध परिवारहरु जो सँग बसोबासको लागी सुरक्षित जग्गा छैन, सरकारको पुर्नवास कार्यक्रम अन्तर्गत जग्गा र आवास अनुदान दुवैका लागी योग्य हुन्छन्। बेलायती सहयोग निकाय युके एड द्धारा आर्थिक सहयोग प्राप्त, पिनको अर्काे परियोजना –“दिगो समाधान” परियोजनाले प्राधिकरणको पुनर्वास कार्यक्रम कार्यान्वयनमा सहयोग गर्दछ। 

यस दिगो समाधान टोलीको सहयोगमा हेप्चेकका सात परिवारहरुले नयाँ र सुरक्षित ठाउँमा पुनर्वासका लागी जग्गा अनुदान बापतको रु.२,००,००० (अक्षरुपी दुई लाख रुपैयाँ ) लिएर डुम्किन गाउँमा आवास निर्माणका लागी जग्गा खरीद गरे। “हामीले सुरक्षित स्थानमा घर बनाउनका लागी जग्गा किनेका थियौँ। तर, घर बनाउनको लागी चाहीने ढुंङ्गा, पानी पनि किन्नुपर्ने भएपछि हामी द्धुविधामा पयौँ। हामीले घर बनाउनका लागी पाएको आवास अनुदान पानी र ढुंङ्गा खरीद गर्नको लागी प्रयोग गर्यौँ। त्यसैले अब हामीसंग घर पूरा गर्नको लागी पैसा बाँकी छैन।”, मलिन अनुहार बनाएर होम बहादुर चेपाङले बताउनुभयो। 

जोखिमयुक्त जनसंख्याको लागी भूकम्प प्रतिरोधी घरहरु

त्यहाँको अवस्थाबारे जानकारी पाएपछि ‘हाम्रो घर परियोजना’ टोलीले उक्त साइटको भ्रमण ग¥यो। उक्त परियोजनाले एक जना दक्ष कामदार, बजारबाट उक्त साइटसम्म निर्माण सामाग्री ल्याउनको लागी यातायात, सामाजिक –प्राविधिक सहयोग, र निर्माण कार्यको निरिक्षण गर्नको लागी एक प्रशिक्षक निर्माणकर्ता को व्यवस्थापन गर्यो जहाँ समुदायका अन्य सदस्यहरुले एक अर्काको नयाँ घर निर्माणमा सहयोग गरीरहेका थिए।ह्योजु भन्नुहुन्छ कि यस परियोजनाको मुख्य उद्देश्य जोखिममा रहेका जनसंख्यालाई भूकम्पबाट जोगाउने घरहरु निर्माण गर्न सहयोग गर्नु र कोही पनी पछाडी नछुटुन भन्ने सुनिश्चित गर्नु हो। यसको साथै यस परियोजनाको उद्देश्य समुदायमा सुरक्षित र अधिक कार्यशिल भवनहरु निर्माणको आवश्यकताबारे चेतना जगाउनु पनि हो ।

"हाम्रो नयाँ स्थानको राम्रो कुरा के पनि हो भने यहाँबाट विद्यालय र अस्पताल सजिलै पुग्न सकिन्छ। यद्यपि हामी अहिले भूकम्प प्रतिरोधी घर निर्माण गर्दैछौँ, जग्गा अनुदान भने हाम्रो कृषी आवश्यकताहरु पुरा गर्नको लागी पर्याप्त भएको छैन, त्यसैले जीविकोपार्जनको लागी हामी अन्य कामहरु पनि खोजीरहेका छौँ।,” होम बहादुर चेपाङले बताउनुभयो। "हामी दिनदिनै आफ्नो पहिलेको ठाउँमा खेती गर्नको लागी मात्र आवतजावत गर्न सक्दैनौँ। यो धेरै टाढा छ र वर्षामा त झन त्यो स्थान सुरक्षित हुँदैन्।,” उहाँले थप्नुभयो। 

Autor: सजना श्रेष्ठ , संचार व्यवस्थापक, पिपुल इन नीड

सम्बन्धित लेखहरू