“आत्मविश्वासी बन्न र स्वतन्त्र जीवनका लागि शिक्षा एकदमै आवश्यक छ । मेरी छोरी पढ्न सिक्दै छिन् भने म किन खुशी नहुनु र ?अख्लिमाका पिता भन्छन् ।”

प्रकाशित १८ अप्रिल २०२० पढ्न लाग्ने समय 6 मिनेट
“आत्मविश्वासी बन्न र स्वतन्त्र जीवनका लागि शिक्षा एकदमै आवश्यक छ । मेरी छोरी पढ्न सिक्दै छिन् भने म किन खुशी नहुनु र ?अख्लिमाका पिता भन्छन् ।”
© Foto: सजना श्रेष्ठ

हरेक दिन जब घामको किरण अख्लिमाको घरमा पर्दछ, उनमा सकरात्मक उर्जा बढ्दछ । उनी आफ्नो वरपरको स्वच्छ हावा अनि वृक्षहरुको शितलतालाई आभाष गर्छिन् । उनी घर सफा गर्दै आफ्नो दिनको सुरुवात गर्छिन् ।

उनी आफ्ना मन्द पाईलाहरुसंगै गाग्री लिइ पानी भर्न जान्छिन् । उनको छिमेकी दिदी भन्छिन्, “हरेक दिन अख्लिमा पानी भर्न जान्छिन्, घर आईपुग्दासम्म पानी धेरै पोखिसकेको हुन्छ र त्यो बेलाको उनको मायालाग्दो अनुहार हेर्न लायक हुन्छ ।” यो उनको छिमेकी दिदीको एक मनमोहक इसारा हो, यस्तो समाजमा जँहा बालिकाहरुको विवाह सानै उमेरमा हुन्छ । समाजले उनीहरुप्रति हेर्ने द«ष्टिकोण साघुँरो अझ बढि हुन्छ जब शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिका बारेमा हुन्छ । 

नेपालको दक्षिणी क्षेत्रमा विभिन्न कारणले गर्दा अख्लिमा जस्तै विद्यालय छोडेका वा विद्यालय बाहिर रहेका बालिकाहरु धेरै छन् । “त्यो वर्षा ऋतुको समय थियो । मेरी छोरी राम्ररी हिड्न सक्दिनन्, त्यसकारण उनलाई विद्यालय पुग्न कठीन थियो । विद्यालयमा भर्ना भएता पनि, आर्थिक अवस्था र सामाजिक मान्यताका कारण उनले यो अवसर गुमाउनु पर्यो,” अख्लिमाका ७५ वर्षे पिता नथुनी मिया भन्छन् । “विद्यालयमा शिक्षकशिक्षिकाले तिव्र गतिमा पढाउनुहुन्थ्यो तर मलाई बुझ्न धेरै समय लाग्थ्यो । विद्यालयमा मेरो लागि अनुकूल र सहज वातावरण थिएन । त्यसमाथि मलाई विद्यालय पुग्न निकै गाह्रो थियो । त्यसैले मैले विद्यालय छोडे, ” अख्लिमा आफ्नो कुरा थप्छिन् । 

मलाई अंकहरु, अक्षरहरु केहीको बारेमा थाहा थिएन 

अख्लिमा १५ वर्षे विवाहित र गौना गर्न बाकीँ किशोरी हुन् । गौना भन्नाले यस्तो परम्परा हो जुन विवाह पश्चात केही महिना वा वर्षपछि सम्पन्न गरिन्छ । गौना अघि दुलही आफ्नो अभिभावकको घरमा निश्चित समयका लागि बस्छिन् । अख्लिमाको १० महिना अघि विवाह भएको थियो र उनी अहिले आफ्नो आमाबाबासंग बस्छिन् । बालिकाहरुको उमेर नपुगी विवाह हुन्छ र उनीहरुले आफ्नो मुख पछ्यौरा वा सारीले छोप्छन् । शिक्षा र अवसरबाट बञ्चित ती बालिकाहरुलाई आफ्नै घरमा पनि आफ्नो कुरा राख्ने र छलफल गर्न सक्ने शक्ति हुदैँन । उनीहरुमा शुण्य वा एकदमै गौण साक्षरता, गणितीय सीपको कमी; अधिकार, समानता, यौनिकता, गर्भ निरोधक र जीवनउपयोगी सीपका बारेमा सुचना तथा ज्ञानको कमी छ ।

अख्लिमाले विद्यालय छोडेपछि पुनः भर्ना हुनेबारे कहिल्यै सोचिनन् । उनले कहिल्यै पनि शिक्षाको महत्व महसुस गर्ने मौका पाइनन् । “मलाई अंकहरु, अक्षरहरु केहीको बारेमा थाहा थिएन । म घरको कामहरु गर्थे । कहिलेकाहीँ दुःख लाग्थ्यो कि म केही काम पनि राम्ररी गर्न सक्दिनथेँ ”, अख्लिमा भन्छिन् । “केही सर्वेक्षणकर्ताहरु गाउँमा विद्यालय बाहिर रहेका किशोरीहरुको तथ्याड्ढ संकलन गर्न आएका थिए । मलाई लाग्यो कि यो मेरी छोरीलाई सहभागी गराउनु राम्रो अवसर हो । मेरो छिमेकीहरुले पनि आफ्नो बुहारीहरुलाई यस कार्यक्रम बारे जानकारी दिदै थिए । मैले एकजना सर्वेक्षणकर्तालाई घर लगेँ र छोरीको बारेमा जानकारी दिए,” उनका पिता सम्झना गर्दै भन्छन् । 

५ छोरीहरुमध्ये पहिलो छोरी जसले पढ्न र लेख्न सक्छिन् 

‘गर्ल एदुकेसन च्यालेन्ज' Girls’ Education Challenge अन्र्तगत बेलायत सरकारको युकेएडको सहयोगमा, पिपुल इन नीडले आसमान नेपालको साझेदारीमा ५ वर्षे आरम्भ परियोजना संचालन गरिरहेको छ । यस परियोजनाले विवाहित, विद्यालय बाहिर रहेका १०–१९ वर्षका किशोरीहरुमा जीवनउपयोगी सीपको विकास, साक्षरता वृद्घि, गणितिय ज्ञान र सामाजिक रुपान्तरणका लागि सामाजिक परिचालन मार्फत जीवन स्तरमा सुधार गर्न २०१८ देखि संचालन गरिरहेको छ । यस परियोजनाले बेलायत सरकारका हरेक बालिकाको १२ वर्ष सम्मको गुणस्तर शिक्षाप्रति खडा रहने प्रतिवद्वतालाई प्रतिबिम्बित गर्दछ । 

अख्लिमा धेरै महिनादेखि बारा जिल्लामा आफ्नो गाँउमा सहेली किशोरी सामुदायिक केन्द्रमा अरु १९ जना किशोरीहरुसंगै पढिरहेकी छिन् । “मेरो श्रीमानलाई म यो कार्यक्रममा सहभागी भएकी छुँ भनेर थाहा छ । यो कुरामा उहाँले मलाई सहयोग गरिरहनुभएको छ । मैलै नयाँ साथीहरु बनाए र साथी हुनु भनेको खुशी थप्पिनु हो । यस कार्यक्रममा सहभागी हुन पाउँदा मलाई धेरै खुशी लागेको छ । म यहाँ सहज महसुस गर्छु,” अख्लिमा भन्छिन् । 

उनको जीवन साक्षरता र गणितिय सीपसंगै परिवर्तन भइरहेको छ । उनी अहिले परिवार र समुदायका सदस्यहरुको अगाडि आफ्नो नाम लेख्न सक्छिन् । “अहिले म किताबमा लेखिएका कुराहरु पढ्न र लेख्न सक्छु । मैले यो कहिल्यैपनि सोचेको थिइँन,” अख्लिमा बताउँछिन् । अख्लिमाका अभिभावकहरु आफ्नो छोरी विवाहित र शारीरिक अपाङ्ताका बावजुतपनि पढिरहेको देखेर खुशी छन् । ५ छोरीमध्ये, उनी पहिलो छोरी हुन् जसले अंक र अक्षरहरु पढ्न र लेख्न सिकिन् । उनको अभिभावकले अहिले उनलाई पूर्णरुपमा सहयोग र समर्थन गर्छन् । “आत्मविश्वासी बन्न र स्वतन्त्र जीवनका लागि, शिक्षा एकदमै आवश्यक छ । मानिसहरुले शिक्षित भए त काम पाउँछन् । मेरी छोरी पढ्न सिक्दै छिन् भने म किन खुशी नहुनु र ?,”अख्लिमाका पिता भन्छन् ।”

बालिकाहरु आफ्नो जीवनका विकल्पहरु आफैँ बनाउन चाहन्छन् 

केही मिटर टाढा, सामुदायिक सिकाई केन्द्रका सहजकर्ता प्रियंका कुमारी सिंहले अख्लिमा र समुदायका अन्य १९ बालिकाहरुलाई पढाउँछिन् । उनी भन्छिन्, “अख्लिमा अन्यन्त जेहेन्दार बालिका हुन् । उनी कहिल्यै कक्षा छोड्दिनन् । उनको विकास देखेर मलाई गर्व लाग्छ । अहिले उनी अक्षरहरु लेख्न सक्छिन् । उनी आफ्नो अभिभावकका नामहरु लेख्न सक्छिन् । उनी किताब पढ्न सक्छिन्, भित्तेपात्रो हेर्न र किताबबाट हेरेर लेख्न सक्छिन् ।” 

सहभागीहरु सामुदायिक सिकाई केन्द्रप्रति रुचि राख्छन् । उनीहरु केन्द्रको मैत्रीपूर्ण वातावरणका कारण सुरक्षित महसुस गर्छन् । सहजकर्ताले बताए सामुदायिक सिकाई केन्द्रमा पढेर विवाहित किशोरीहरुले शिक्षा र ढिलो विवाहको महत्वबारे बुझेँ । “म विवाहित विद्यालय बाहिर रहेका यी किशोरीहरुको इच्छाशक्ति र अठोटलाई सम्मान गछुँ । जो विवाहपश्चात गौनाका लागि कुरिरहेका छन्, उनीहरु आफ्नो गौनालाई केही समयका लागि स्थगित गर्न चाहन्छन् । आत्मविश्वास अनि शिक्षा र ढिलो विवाहबारे यी विवाहित किशोरीहरुमा रहेको बोधको स्तर अत्यन्त सराहनीय छ,” प्रियङ्का भन्छिन् । “यो कुरा हामीले सोचेका थिएनौँ, यसको अर्थ हो किशोरीहरु आफ्नोलागि आवाज उठाउन चाहन्छन् र जीवनका विकल्पहरु आफै रोज्न चाहन्छन् ।”

अख्लिमाले पनि आफ्नो अभिभावकसंग केही समयका लागि गौना स्थगित गर्न कुरा गरेकी थिइन् । उनको यो पहलले नकरात्मक सामाजिक प्रतिबन्धित मान्यतामाथि जित हासिल गर्यो । अन्तत उनका अभिभावकले सहमति जनाए । “मेरो श्रीमान नभएको भए मेरी छोरीको के हुन्थ्यो होला ? अपाङ्गतालाई सामाजिक कलंकको रुपमा लिइन्छ । यो नँया शुरुवातसंगै मेरी छोरीको सबै कुरा राम्रो होस्, ” अख्लिमाका आमा भन्छिन् । यसैबीचमा अख्लिमा र उनका पिता भविष्यका बारेमा सोचिरहेका छन् । उनीहरुका लागि अर्को नयाँ पाइला भनेको कार्यत्रलमको सीपमूलक तालिममा अख्लिमालाई सहभागी गराउनु हो । “म विस्तारै सामुदायिक सिकाई केन्द्रमा सिकिरहेकी छुँ । मैलै सीपमूलक तालिम लिइसकेपछि केही उपलब्धिमूलक कार्यमा सहभागी हुन्छु भनी सोचिरहेकी छुँ,” अख्लिमा भन्छिन् । 

१७०९ किशोरीहरुका लागि ८३ सामुदायिक सिकाई केन्द्रहरु

अहिले पिपुल इन नीडले नेपालको रौतहट र बारा जिल्लामा १७०९ विद्यालय बाहिर रहेका विवाहित किशोरीहरुका लागि ८३ सामुदायिक सिकाई केन्द्रहरुमार्फत साक्षरता र गणितिय कक्षाहरु संचालन गरिरहेको छ । सहभागीहरुले जीवनउपयोगी कार्यशालामा सहभागी हुनुका साथै औपचारिक विद्यालयमा भर्ना वा जिविकोपार्जनसंग सम्बन्धित जीवनयोजना बनाउछन् । परियोजनाले किशोरी शिक्षालाई बढावा, सकरात्मक सामाजिक मान्यता र हानिकारक सामाजिक र लैगिंक मुल्य मान्यतालाई सम्बोधन गर्ने परिकल्पना गर्दछ ।

‘गर्ल एदुकेसन च्यालेन्ज' Girls’ Education Challenge, जुन बेलायत सरकारको युकेएडको सहयोगका कारण सम्भव भएको हो । उहाँहरुलाई धन्यवाद । ‘गर्ल एदुकेसन च्यालेन्ज' Girls’ Education Challenge, विश्वको सबैभन्दा ठूलो कोष हो जुन बालिका शिक्षाका लागि समर्पित छ, केही गरीब देशहरुको दश लाखौ सिमान्तक्रित बालिकाहरु, अपाङ्गता भएका बालिका र जोखिममा परेका वा पछाडि परेका बालिकाहरुलाई शिक्षा र सिकाईको पहुँच बढाई सहयोग गर्दछ । #leavenogirlbehind

Autor: जेनिशा त्वानाबासू, पिपुल इन नीडका परियोजना संयोजक

सम्बन्धित लेखहरू