आफ्नै शब्दमाः नेपालको सीमान्तकृत समुदायहरूलाई सहयोग

आफ्नै शब्दमाः नेपालको सीमान्तकृत समुदायहरूलाई सहयोग

१८ अगस्ट २०२०

शिखा जोशी, पिपुल इन नीड (पिन) मा काम गर्न थालेको लगभग ४ वर्ष भयो । विकास क्षेत्रमा काम गरेको डेढ दशक पछि लगभग चार वर्ष अघि पिपुल इन नीड (पिन), नेपालमा सामेल भए । ४६ वर्षिय दुई बच्चाकि आमाको लागि, “विपन्न र सीमान्तकृत मानिसहरूलाई मर्यादित जीवन बिताउन” मद्दत गर्नु व्यक्तिगत र पेशागत सफलता हो । नेपालको विकास क्षेत्रमा काम गरेका जोशीले हालसालै कोभिड–१९महामारीको क्रममा उनको अनुभवको बारेमा चर्चा गरे र उनको कार्य परियोजनाको कार्यान्यवनको लागी योजना “ख” हुनु सँधै बुद्धिमानी हुने बताइन् । 

तपाईं मानवीय कार्यकर्ता कसरी बन्नुभयो?  तपाईंले यो काम किन रोज्नु भयो ?

यस मानवीय कार्यप्रति मेरो गहिरो चासोको कारणले गर्दा मैले विकासको क्षेत्रमा आफ्नो क्यारियर बनाउने निर्णय गरें । म विगत १५ बर्ष भन्दा बढि विकास क्षेत्रमा काम गर्दै आइरहेको छु । स्वास्थ्य र पोषण, शिक्षा, मानव अधिकार, बाल कल्याण र सामाजिक संरक्षण र एचआईभी/एड्स जस्ता विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ । म सहभागी भएको थिए प्राय सबै परियोजनाहरू नेपाल सरकारको सहयोगमा कार्यान्वयन भइ दिगो परिणामहरू दिएका थिए ।

विपन्न र सीमान्तकृत मानिसहरूलाई मर्यादित जीवन बिताउन सहयोग गर्दा यसले मलाई असीम आनन्द प्रदान गर्दछ । उनीहरूको मुस्कानले मलाई खुशी र सन्तुष्टि दिन्छ जुन पैसाले किन्न सकिन्दैन ।

तपाईं कहिले पिनमा सामिल हुनुभयो ? तपाईको पद के हो ?

पिनमा सामेल हुनुभन्दा अघि मैले २०१५ को विनाशकारी भूकम्पको बेलामा फ्रन्टलाइन कार्यकर्ताको रूपमा काम गरें, र मैले पहिरो र बाढी प्रतिक्रिया कार्यान्वयनको क्रममा सहयोग गरें । म डिसेम्बर २०१६ मा पिनमा सामेल भएँ, र २०१७ देखि भूकम्पबाट बिस्थापित भएका घरधुरीमा केन्द्रित एक परियोजनामा संलग्न भएको छु । यस कार्यक्रमले २०१५ को भूकम्प पीडितलाई सरकारले सहयोग गर्नका लागि बनाएको नीति र पुनर्वास योजनाको लाभहरू– “जग्गा अनुदान” र “आवास अनुदान” को सुविधा दिएर मद्दत पु¥याउँछ । थप रूपमा, परियोजनाले सामाजिक संरक्षण र महिला सशक्तिकरणको सुनिश्चिततालाई पनि ध्यानमा राख्छ ।

समुदायहरूले सामना गरिरहेका सबैभन्दा ठूलो अवरोध के हो ?

नेपाल, विश्वका जलस्रोतमा धनी देशहरू मध्ये एक मानिन्छ, विडम्बनाका कुरा त के छ भने पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई एकदम पानीको अभाव छ । यी क्षेत्रका धेरै बासिन्दाहरू साना मुहान र नालाहरूको भर पर्छन्, र उनीहरू प्रायः घरेलु उपयोगको लागि पानी ल्याउन घण्टौ खर्च गर्छन् ।

मेरो परियोजनाको सामाजिक सुरक्षा अन्तर्गत समुदायमा परियोजनाहरूको कार्यान्वयनका लागि महिला समूहहरूलाई सानो अनुदान प्रदान गरिन्छ । ९० प्रतिशत कोषहरू सफा खानेपानी, सरसफाई र स्वच्छतामा सुधार गर्न प्रयोग गरिएको छ ।

तपाईको दैनिक काममा तपाईले कस्ता कठिनाइहरूको सामना गर्नुपर्दछ ?

हामीले कार्य गर्ने अधिकांश क्षेत्रहरू दुर्गम हिमाली क्षेत्रहरू हुन्, सडकमा पहुँच र सुविधाहरूको अभाव रहेको छ । धेरै जसो ठाउँहरू पहिरोको खतरामा छन्, जुन वर्षायामको समयमा झन् खराब हुन्छ । वर्षा सुरु भए सँगै पहुँच अझ गाह्रो हुन्छ र हिडेर जाने मात्रै एक विकल्प हुन्छ ।

कोभिड–१९ ले तपाईंको काममा कसरी असर गर्यो?

कोभिड–१९ महामारीका कारण नेपालमा तीन महिना सम्म लकडाउनमा भयो, र हाम्रो सबै कामहरु हामीहरुले घरबाट नै गर्न बाध्य भयौं । हाम्रो सबै क्षेत्रहरुमा काम रोक्नु पर्यो र फोनबाट सबै अन्तर्वार्ताका कामहरू सञ्चालन गर्यौ । अब, सरकारले प्रतिबन्धहरू कम गर्यो तर कोभिड १९ का घटनाहरू आझै पनि बढिरहेका छन् । हामीसँग आफूले पालना गर्नुपर्ने र आफू सुरक्षित रहनको लागि मानव संचालन प्रक्रिया (SOP) हरू छन् । तसर्थ, मैले मेरो सहकर्मीहरूको ख्याल राख्नुपर्दछ र मेरो आफ्नो कामका अतिरिक्त मेरा सहकर्मीहरूको शारीरिक र भावनात्मक हितको पनि सुनिश्चित गर्नुपर्दछ ।

त्यस्ता केहि ठूला चुनौतीहरू र अवरोधहरू, त्यसलाई कसरी कम गर्नुभयो ?

जब कोभिड–१९ महामारी फैलियो र देशव्यापी लकडाउन भयो, मैले नेतृत्व गरेको परियोजना लगभग अन्तिम चरणमा थियो । अनुगमन र मुल्यांकनका गतिविधिहरू पूरा गर्न बाकि थियो । सम्बन्धित सरोकारवालाहरूसँग कामको मुल्याङकन गर्नु पर्ने थियो, र सम्भावित संस्थाहरूलाई परियोजना पूरा भएपछि बाँकी कार्यहरू लिनको लागि पहिचान गरियो ।

हामीले यी सबै गतिविधिहरू पूरा गर्ने वैकल्पिक तरिकाहरूको विकास गरेका छौं, उदाहरणका लागि, भर्चुअल बैठकहरू आयोजना गरेर र लाभग्राही, स्थानीय साझेदारहरू र सामाजिक परिचालन कर्ताहरूद्वारा रेकर्ड गरिएका फोटोहरू र भिडियोहरू देखाएर ।  

अहिलेसम्मको कार्यबाट तपाईंले के पाठ सिक्नुभयो?

मानवीय कार्य गर्न सजिलो छैन, तपाईंले विभिन्न चुनौति र अवरोधहरूको सामना गर्नुपर्दछ र उचित प्रभाव पार्न तपाईंले तुरुन्त समस्याहरू समाधान गर्नुपर्दछ । सोचविचार गर्नुपर्दछ, तपाईको कार्यहरूको नतीजा हेर्नको लागि दूरदृष्टि राख्नु पर्दछ, र सावधानीपूर्वक निर्णय लिनुपर्दछ । यदि तपाईंको पहिलेको योजना विफल हुन्छ भने तपाईंसँग आकस्मिक योजनाहरू पनि हुनु आवश्यक छ र त्यसको लागि तपाईंले वैकल्पिक विधिहरू प्रयोग गर्न पनि तयार हुनुपर्दछ ।

लकडाउनले तपाईंको व्यक्तिगत जीवनमा कस्तो चुनौतीहरू ल्यायो?

मैले अचानक महसुस गरें कि मेरो संसार मेरो घरमा सीमित छ, र मैले काम गरेका मानिसहरू छुट्टै संसारका हुन् । मेरो लागि घरबाट काम गर्नु पूर्ण नयाँ थियो । सामान्यतया मेरो कामको लागि लामो यात्राको आवश्यकता पर्दछ, पहिले म घरमा त्यति धेरै समय दिन सक्दिनथें । लकडाउनको शुरुआती हप्ताहरूमा मलाई रमाईलो लाग्यो, तर पछि एकदमै अल्छि र निरास भए । मलाई मेरो काम झन् बढेको जस्तो लाग्यो, किनकि मैले आफ्नो काम पनि गर्नुपरथ्यो र आफ्ना बच्चाहरूलाई उनीहरूको अध्ययन र अनलाइन कक्षामा मद्दत पनि गर्नु पर्ने थियो । मलाई लाग्थ्यो कि घरबाट काम गर्दा मेरो दक्षतामा कमी भयो किनकि म जसरी पहिले आफ्नो काम छिटो गर्न सक्थे घर बसेर छिटो गर्न सकिन । म अब प्रोग्रामेटिक कामको सट्टा बढी प्रशासनिक कार्यहरूमा संलग्न छु । 


लेखक: सजना श्रेष्ठ , संचार अधिकृत पिपुल इन नीड