आपतकालीन तयारी र प्रतिक्रिया

आपतकालीन तयारी र प्रतिक्रिया

वि.सं. २०७२ को भूकम्पलगत्तै पिनले धेरै पीडित मानिसहरूलाई मानवीय सहायता प्रदान गर्‍यो । हाम्रो अनुभवी सहायताकर्मीहरूको टोली भूकम्प गएको ४८ घण्टाभित्रै नेपाल आइपुग्यो र तुरुन्तै पिनको आपतकालीन कोषहरूको प्रयोग गरेर राहतकार्यहरू शुरु गर्यो। केही हप्ताभित्र पिनले चेक रिपब्लिकमा सार्वजनिक चन्दाबाट १० लाख युरो भन्दा बढी रकम संकलन गर्‍यो । यसलाई विशेषगरी अस्थायी आश्रयहरूका लागि निर्माण सामग्रीलगायतका आवश्यक गैर-खाद्य वस्तुहरू किन्न र वितरण गर्न प्रयोग गरियो । भूकम्प राहतका अतिरिक्त, २०१७मा तराईमा भीषण बाढी जाँदा पिनले एलायन्स २०१५का साझेदार वेल्थुन्गरहिल्फे र कन्सर्न वर्ल्डवाइडसँग मिलेर बाढीपीडितहरूलाई मानवीय सहायता प्रदान गर्यो ।


सम्पूर्ण पाठ कम पाठ

विगतका सहायता कार्यक्रमहरू

तराई बाढी प्रतिकार्य

तराई बाढी प्रतिकार्य

अगस्त १२, २०१७ मा भारी वर्षाको कारण भारत, बंगलादेश र दक्षिणी नेपालमा भीषण बाढी आयो। नेपालमा बाढीले ३५ जिल्लाका १७ लाख मानिसहरूलाई असर गर्यो । युनाइटेड नेशन्स अफिस फर द कोअर्डिनेशन अफ ह्युमेनिटेरियन अफेयर्स  (ओसीएच्ए)का अनुसार बाढीमा कम्तिमा १४३ व्यक्तिहरूले ज्यान गुमाए,  ६५,०००० घरहरू ध्वस्त भए र करिब ४,६१,००० मानिस विस्थापित भए ।

प्रकोपको एक हप्ता भित्र पिनले ‘एलायन्स २०१५’, ‘कन्सर्न वर्ल्डवाइड’ र ‘वेल्थुन्गर्हिहिल्फे’का सदस्यहरूसँग मिलेर रौतहट, सप्तरी र महोत्तरी जिल्लाहरूमा ११,६०० परिवारहरूलाई तत्काल राहत वितरण गर्ने प्रबन्ध मिलायो । यी जिल्लाहरू बाढीबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रहरूमध्ये पर्थे । साथै, धेरै पहिलेदेखि यी जिल्लाहरूमा मानव विकास सूचकांकहरू न्यून र कुपोषण अत्यधिक पाइएको थियो । आपतकालपश्चात् खाना र सरसफाइ सबैभन्दा महत्त्वपूर्ण आवश्यकताहरू थिए । त्यसैले एलायन्सले१५ दिनसम्म पुग्ने खाना र आधारभूत आपातकालीन घरेलु आवश्यकता र सरसफाइ सम्बन्धितवस्तुहरू, जस्तै: मच्छरदानी, पानी शुद्धिकरण सामग्री, महिनावारीसम्बन्धित स्वच्छता सामग्री, इत्यादिवितरण गर्यो ।
 
शिक्षा परियोजना

शिक्षा परियोजना

प्रत्येक चैत्रमा आयोजना गरिने प्रवेशिका (एसएलसी) परीक्षा नेपालमा कक्षा १० भन्दा अगाडिको शिक्षाको लागि फलामे ढोका मानिन्छ। हरेक वर्ष कुल परीक्षार्थीमध्ये औसतमा आधाले मात्र यो परीक्षा उत्तीर्ण गर्दछन्। पिछडिएका ग्रामीण क्षेत्रहरूमा उत्तीर्णताका दरहरू निकै कम छन् । तीमध्ये धेरै भूकम्पले नराम्ररी प्रभावित क्षेत्रहरू छन् जहाँ विद्यालयहरू भत्किएकाले धेरै समय बन्द रहेका थिए र विद्यालयका अध्ययन सामग्रीहरू भग्नावशेषहरूमा पुरिएका थिए। विद्यार्थीहरूको शैक्षिक स्तर अझ खस्किन नदिन पिनले सिन्धुपाल्चोक र गोरखा जिल्लाका ४१ विद्यालयहरूमा आकस्मिक एसएलसी तयारी कार्यक्रम चालू गर्‍यो र १,६४८ विद्यार्थीलाई अध्ययन सामग्री प्रदान गर्यो।
 
रियल गिफ्ट

रियल गिफ्ट

२०१५ को महाभूकम्पले कृषियोग्य जमिन र वस्तुभाउको व्यापक विनाश गरेर प्रभावित क्षेत्रका जीविकालाई गम्भीर रूपमा असर पुर्‍यायो। यसैलाई मध्यनजर गरेर पिनले सिन्धुपाल्चोकको एउटा गाविसमा आफ्नो ‘रियल गिफ्ट’ कार्यक्रम लागू गर्‍यो । त्यहाँ धेरै वस्तुभाउ मारिएका थिए र धेरै परिवारहरू कृषिमार्फत परिवार पाल्न संघर्ष गरिरहेका थिए । रियल गिफ्टअन्तर्गत गुन्साकोट गाविसकासबैभन्दा असुरक्षीत १७९ परिवारहरू प्रत्येकले दुइटा बाख्रा उपहारस्वरूप प्राप्त गरे। यी उपहारलेवस्तुभाउको जनसंख्यालाई पुनःबहाली गर्न मद्दत गर्दै स्थानीयहरूको   जीविकालाई सहज बनाउने अपेक्षा राखिएको छ । अहिले नै केही बाख्राहरूले बच्चा पाइसकेका छन्।
 
अस्थायी आश्रय र जाडोयामका लागि तयारी

अस्थायी आश्रय र जाडोयामका लागि तयारी

वि.सं. २०७२ को महाभूकम्प पछि लाखौँ नेपालीहरूले पराकम्पबाट सुरक्षाका लागि घर छोडेर आसपासका क्षेत्रहरूमा भेला भई अस्थायी शिविरहरू बनाएका थिए । यातायात र संचारमा गम्भीर अवरोध आएको थियो । भूकम्पपछिका केहि दिनहरूमा हाम्रो प्राथमिकता बाँचेकाहरूले पर्याप्त मानवीय सहायतामा पाएको सुनिश्चित गर्नु थियो। पिनले हजारौं परिवारलाई तिरपाल, डोरी, जस्ता पाता र औजारहरू प्रदान गर्‍यो जसले मानिसहरूलाई आश्रयस्थलहरू बनाउन मद्दत गर्यो । हजारौं मानिसहरूले कम्बल, गद्दा र सौर्य बत्तीहरू प्राप्त गरे । ती सौर्य बतीहरू उनीहरूको लागि प्राय: राती उज्यालोको एक मात्र स्रोत हुने गर्थ्यो। हाम्रो नेपालको टोलीले हेलिकप्टरमा मुख्य बजारबाट पूर्ण रूपमा काटिएकाएकदमै दुर्गम पहाडी क्षेत्रहरूमा पनि सामग्री पुर्यायो।

जाडोयाम आउन लाग्दा माथिल्ला भेगहरूमा बस्ने परिवारहरू कसरी बाँच्लान् भन्ने सबभन्दा ठूलोमानवीय चासोको विषय बन्यो । धेरै परिवारले आफ्ना सबै सरसम्पत्ति गुमाएका थिए । तीमध्ये धेरैसँग त जाडो कटाउन ओछ्यान र कम्बल जस्ता अत्यावाशक सामग्री समेत थिएनन् । नेपालमा पिनको नौलो प्राथमिकता मानिसहरूलाई अत्यधिक जाडोको लागि तयार पार्नु बन्यो । पिनले शिविरस्थल व्यवस्थापन र सुरक्षा समितिहरूको स्थापना गर्‍यो र समुदायहरूसँगको परामर्शको आधारमा पाँच शिविर स्थलहरूमा महिलाहरूका लागि बुनाई प्रशिक्षण शुरु गर्‍यो। यी प्रशिक्षणहरूले महिलाहरूलाई बुनाईकाविधिहरू सिक्न र सुधार गर्न मद्दत गरेका छन् जसबाट उनीहरू अझ राम्रा र विविधिकृत उत्पादनहरू निकाल्न र आफ्ना आजीविका विस्तार गर्न सक्षम बनेका छन्।
 
शिविर व्यवस्थापन

शिविर व्यवस्थापन

शिविर व्यवस्थापन एजेन्सीको रूपमा पिनले गोरखा जिल्लाका १३ शिविरस्थलहरूमा साइट प्रबन्ध समिति, युवा समिति र महिला समितिको गठन गर्न सहयोग पुर्‍यायो । त्यसैगरी, पिनले सिन्धुपाल्चोक जिल्लाका ६ वटा शिविरहरूमा सुरक्षा समितिको स्थापना गर्न सहयोग पुर्‍यायो।

यी समितिहरूले शिविरस्थलहरूमा विभिन्न गतिविधिहरूलाई सहजीकरण गरे। पिनले शिविरस्थलहरूलाई आगोबाट सुरक्षाका लागि आधारभूत उपकरणहरू र स्वास्थ्य तथा सरसफाइ किटहरू प्रदान गर्यो र शिविरस्थलहरूमा उपस्थित अन्य एजेन्सीहरूका साथ आधारभूत सेवासम्बन्धित व्यवस्थाको समन्वय गर्यो । पिनले शिविरहरूमा आश्रय लिनेहरूलाई जाडोको तैयारीस्वरूप गैर-खाद्य वस्तुहरू पनि प्रदान गर्‍यो । 

शिविरहरूमा आश्रित समुदायहरूसँगको परामर्श पछि पिनले केराउजा र लाप्राकका पाँच शिविरस्थलहरूमा महिलाका लागि बुनाईको प्रशिक्षण प्रदान गर्न शुरु गर्यो । यी प्रशिक्षणहरूले महिलाहरूलाई बुनाईकाविधिहरू सिक्न र सुधार गर्न मद्दत गरेका छन् जसबाट उनीहरू अझ राम्रा र विविधिकृत उत्पादनहरू निकाल्न र आफ्ना आजीविका विस्तार गर्न सक्षम बनेका छन् । पिनले केराउजा, लाप्राक र बार्पक शिविरहरूमा कृषि र पशु चिकित्सा प्रशिक्षण पनि प्रदान गर्दैछ।

पिनअन्तरगत हामीले समुदायहरूलाई पूर्वाधारको पुनर्निर्माणमा पनि सहयोग गर्दछौं । हामीले केराउजाका शिविरस्थलहरूमा ‘रोजगारीका लागि नगद’ कार्यक्रम लागू गरेका छौं । यस कार्यक्रमले भूकम्पले अवरुद्ध पारेका र बिगारेका महत्वपूर्ण गोरेटा बाटाहरू मर्मत गर्न स्थानीय मानिसहरूलाई रोजगारी दिने गर्छ । यसले क्षतिग्रस्त पूर्वाधारहरूको मर्मतसुधार गर्नुका साथै जीविकोपार्जनमा टेवा पुर्याउँदै स्थानीय अर्थव्यवस्थामा गतिशिलता पनि थप्दछ । शिविर सञ्चालनको क्रममा पिनले स्थानीय प्रयोगकर्ता समूहहरूलाई लाप्राकको एउटा शिविरस्थलमा बिजुली ल्याउन र लाप्राक र बारपाकका शिविरस्थलहरूमा अस्थायी सामुदायिक केन्द्रहरू स्थापना गर्न मद्दत गरिरहेको छ।